बैशाख ८, २०८१ शनिबार

यी हुन् भक्तपुर हाँक्ने प्रशासक,सिडिओ र सहायक सिडिओ दुवै महिला !



काठमाडौँ- पछिल्लो समयमा निजामति क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दो छ । पहिले पहिले महिलाहरुलाई प्रशासकको भूमिकामा विरलै देख्न पाइन्थ्यो तर आजभोली एउटै जिल्लामा लगातार सिडिओको रुपमा महिलाहरु देखिन थालेका छन । यस्तो संयोग भक्तपुर जिल्लाले प्राप्त गरेको छ । प्रमुख जिल्ला अधिकारीका रुपमा हुमकला पाण्डेयलाई विदाइ गरेको भक्तपुरले सिडिओकै रुपमा रुद्रादेवी शर्मालाई स्वागत गर्‍यो ।

यसपटक थप अर्को संयोग जुरेको छ भक्तपुर जिल्लामा । पहिलो पटक प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुवै महिला । गत भदौ ३० गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रुद्रादेवी शर्मालाई दिइएको थियो मंगलबारदेखि सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सीता परियारले सम्हालेकी छन् ।

परियार दलित समुदायबाट सहायक सीडीओ बन्ने पहिलो महिला पनि हुन् । शर्मा रामेछाप,गुल्मीको सिडिओ हुदैँ तेस्रो जिल्लाको रुपमा भक्तपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा पुगेकी छन ।