बैशाख १, २०८१ शनिबार

लोकसेवाबाट १२ जना सहसचिव सिफारिस हुँदा गुल्मीका मात्रै ३ जना



नेपाल प्रशासन सेवा तर्फ राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पदमा गुल्मी जिल्लाबाट ३ जना सिफारिस भएका छन् ।

लोक सेवा आयोगले लिएको परिक्षा उत्तीर्ण गरी सिफारिस भएका १२ जनामध्ये गुल्मीबाट ३ जना सहसचिव बनेका हुन् ।

आयोगले विभिन्न मितिमा लिएको लिखित परिक्षा, अन्तरवार्ता र मामिला प्रस्तुतिकरणका आधारमा आइतबार १२ जनालाई सहसचिवमा बढुवा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार मालिका ६ का रमेश अर्याल, सत्यवती १ का टंक प्रसाद पाण्डेय र ७ का डिलाराम पन्थी सिफारिस भएका हुन् । उनीहरुमध्ये योग्यताक्रममा अर्याल १ नम्बरमै सिफारिस भएका छन् भने पाण्डे ८ र पन्थी ९ नम्बरमा सिफारिस भएका छन् ।

आयोगको विज्ञापन नम्बर १६६५४/०७७–७८ अनुसार बढुवाका लागि लिखित र अन्तरवार्तामा १६ जना परिक्षार्थी सम्मिलित थिए ।

त्यसमध्ये सबैभन्दा धेरै गुल्मीबाट ३ जना, काठमाडौंबाट २ जना सिफारिस भएका छन् । त्यस्तै बैतडी, जुम्ला, रुकुम पश्चिम, नुवाकोट, भक्तपुर, दैलेख र उदयपुरका १ र १ जना छन् ।