चैत्र १६, २०८० शुक्रबार

ठूलो संख्यामा शिक्षककाे जागिर खुल्याे



शिक्षण पेशा गर्न चाहनेहरूका लागि स्थायी जागिर खुलेको छ । शिक्षक सेवा आयोगले १ हजार ५४९ जना शिक्षक माग गरेको हो ।

सामुदायिक विद्यालयको माध्यमिक तह तृतिय श्रेणी शिक्षक पदमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्या लगायतका विषयका शिक्षक माग गरिएको आयोगले जनाएको छ ।

सातै प्रदेशमा खुला तथा समावेशि प्रतियोगितात्मक परीक्षाद्धारा उक्त शिक्षकको परिपूर्ती गरिने छ ।आयोगले सबैभन्दा बढी विज्ञान विषयका लागि ४३५ जना शिक्षकको माग गरेको छ।

त्यसैगरी अंग्रेजीका लागि ३१२ जना, गणितका लागि २३१ जना, नेपालीका लागि २३१ जना, सामाजिकका लागि २०१, अर्थशास्त्र १०, लेखा ५१, शिक्षा १, शुक्लयजुर्वेद २, स्वस्थ्य २, संस्कृत व्याकरण २, संस्कृत भाषा ३, संस्कृत साहित्य १, कम्प्यूटर विज्ञान ६ जना र न्यायका लागि १ जना शिक्षकको माग गरेको आयोगले जनाएको छ ।

उक्त पदका लागि योग्यता पुगेका नेपाली नागरिकले दरखास्त फारम बुझाउन सक्नेछन् । दरखास्त फारम आयोगको आधिकारीक वेभसाइटबाट पेश गर्न सकिन्छ।

फारम पुस २९ गते सम्म त्यसैगरी दोब्बर दस्तुर तिरी माघ ६ गते सम्म बुझाउन सक्ने आयोगले जनाएको छ ।