बैशाख १२, २०८१ बुधबार

फेरी फिल्ममा फर्कंदै निशा



अभिनेत्री निशा अधिकारीले अभिनयसँगै फिल्म निर्माण पनि फेरि निरन्तरता दिने भएकी छन् । केही वर्ष अगाडि सन्तानलाई जन्म दिएको कारण फिल्म अभिनय र निर्माणबाट केही टाढा रहेकी उनले हालै फिल्म ‘म’ को शुभ–मुर्हूत कार्यक्रममा आफुले अभिनय र निर्माण दुबै निरन्तरता दिने बताएकी हुन् ।

पछिल्लो समय ‘झ्यानाकुटी’ फिल्म निर्माण अभिनय गरेकी उनी फिल्म ‘म’ बाट अभिनयमा फर्किदैछिन् । केही वर्षको ग्यापपछि अभिनयमा देखिन लागेकी उनको ‘म’ अभिनयलाई कतिले कमब्याक समेत भनेका छन् । तर उनी त्यसो भन्न नमिल्ने बताउँछिन् ।

‘म’ फिल्म मेरो पुनरागमन भन्न मिल्दैन’ निशाले भनिन् ‘यो बीचमा मैले ‘पोखराको काली’ फिल्मको डबिङ गरेको थिएँ ।’ उनले यो बीचमा एउटा सर्ट फिल्मको निर्देशन गरेको जानकारी समेत जानकारी दिइन् ।

भनिन्, ‘फिल्म गर्ने भन्दा भन्दै कोरोना कहर आयो । अब भने रोकावट आएन भने निरन्तर काम गर्छु ।’कार्यक्रममा निशाले आमा बन्दाका अनुभव पनि सञ्चारकर्मी माझ शेयर गरेकी थिइन् ।

आमाको रुपमा जीवन अझ बुझ्ने र इन्जोय गर्ने मौका मिलेको उनको भनाई रहेको छ । २०७४ सालमा क्रिकेटर शरद भेष्वाकरसँग विवाह गरेकी निशाले ‘कुम्भ करण’, ‘पदमिनी’, ‘रोमियो’, ‘मायाज् बार’, ‘नैना रेशम’ गायत दर्जन बढी फिल्म अभिनय गरेकी छन् ।