चैत्र १६, २०८० शुक्रबार

बीमा गरेको ८ महिनामा निधन भएकी लक्षिमाको परिवारलाई ७ लाख दाबी भुक्तानी



एशियन लाईफ इन्स्योरेन्सको गुल्मी उप शाखा कार्यालयले बीमित लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

बीमित सापकोटाको बुहारी (हकवाला सुवाश सापकोटाकी श्रीमती) विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप म्यानेजर राजन केसीले ७ लाख २२ हजार ६ सय ३० रुपैयाँ दाबी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

६१ वर्षिया लक्षिमा सापकोटाले सात वर्षे अवधिको लागी खुसी जीवन (आजीवन) बीमा गरेको ८ महिनामै निधन भएको थियो ।

२०७७ असार २२ गते ७ लाखको बीमा गराएकोमा उनको २०७७ फागुन १६ गते कालगतीले निधन भएको परिवारले जनाएको छ ।

उनले पहिलो किस्ताबापत १ लाख ५५ हजार ९ सय ५७ मात्र भुक्तानी गरेको र दावी भुक्तानी रु ७ लाख २२ हजार ६ सय ३० परिवारले पाएको अभिकर्ता सीता सापकोटाले बताइन् ।

दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा अभिकर्ता सापकोटाको समेत उपस्थिति रहेको थियो ।