बैशाख ३, २०८१ सोमबार

अल्का अस्पतालले दुई आइभीएफ विज्ञ भित्र्यायाे, कृत्रिम गर्भाधानका लागि सहज



ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिद्धारा संचालित अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टरमा २ जना विशेषज्ञहरुले सेवा सुरु गरेका छन् । आइभिएफ विशेषज्ञद्धय डाक्टर स्वेता सिंह र डाक्टर नेहा हुमागाइँले अल्कामा सेवा शुरु गरेका हुन् ।

आईभिएफ कुनै समस्याका कारण प्राकृतिक प्रकृयाबाट गर्भाधान हुन नसकेको अवस्थामा पुरुषको शुक्रकीट र महिलाको अण्डलाई फर्टिलाइज गरि ल्याबमा भ्रुण तयार गरेर महिलाको पाठेघरमा राख्ने प्रविधि हो ।

उनीहरु दुबै जना आइभिएफसम्बन्धि विशेषज्ञ हुन् । केयु बाट एमबीबीएस र एमडी गरेकी हुमागाइँ चेन्नइबाट आइभिएफ र ल्याव्रोस्कोपीमा फेलोसिप गरेकी डाक्टर हुन् । उनीसँग राजधानीका विभिन्न अस्पतालहरुसँग काम गरेको अनुभव छ । केयुबाट एमबीबीएस र एमडी गरेकी डाक्टर सिंहले दिल्लीबाट इनफर्टिलिटीमा फेलोसिप गरेकी छिन् । उनीहरु दुबैले वर्षे फेलोसिप गरेर नेपाल मेडिकल काउन्सिलमा इनफर्टि विशेषज्ञको रुपमा नाम दर्ता गराएका छन् ।

अल्का अस्पतालले अहिले स्तरउन्नतिसँगै अल्का आइभिएफ सेवा सुरु गरेको छ । सुलभ दरमा अल्का अस्पतालले अन्र्तराष्ट्रिय स्तरको सेवा दिइरहेको छ ।

आईभीएफबाट कसरी बच्चा जन्मन्छ ?
शुरुमा त महिलाको मासिक चक्रलाई ख्याल गर्नुपर्छ । पाठेघरको अवस्था जाँच गरिन्छ । त्यसपछि उक्त महिलालाई हाम्रो निगरानीमा राखि मासिक श्राव भएको १०(१२ दिनपछि अण्ड निषेचनका लागि इन्जेक्सन दिइन्छ । त्यसपछि त्यहाँ सुई छिराएर अण्ड निकालिन्छ ।

त्यही दिन श्रीमानले वीर्यको नमुना निकाल्छन् । त्यसपछि ल्याबमा लगेर शुक्रकीट र अण्डलाई फर्टिलाइज गरिन्छ । त्यस दिन श्रीमान र श्रीमतीलाई चार-पाँच घण्टा निगरानीमा राखेर घर पठाइन्छ ।

अनि तीन(चार दिनपछि श्रीमतीलाई बोलाइन्छ । यसदिन श्रीमान नभए पनि हुन्छ । श्रीमतीलाई ल्याबमा लगेर जुन भ्रुण बनेको हुन्छ, त्यो पाठेघरमा लगेर राखिन्छ ।

भ्रूण ल्याबमा तयार भएपनि त्यो पाठेघरमै राखेर पाठेघरमै हुर्किन्छ । यसरी आफ्नै वंश खोज्ने हामीकहाँ जुन मानसिकता छ, त्यस अनुरुप नै यसरी बच्चा जन्माउन सकिन्छ ।