बैशाख ९, २०८१ आईतबार

सपनामा घोडा देख्दा के हुन्छ ?



काठमाडौं नकारात्मक विचारका कारण प्रायः व्यक्तिले नराम्रो सपना देख्ने गर्छन् । निदाएको समयमा देखिने सपनाले मिश्रित फल दिने विश्वास गरिन्छ ।

राम्रो सपनाले खुशी दिलाउँछ भने नराम्रो सपना देखेमा हामी जो कोहीलाई पनि मनमा डर पैदा गराउँछ । नराम्रो सपना देखेमा विभिन्न नकारात्मक आशंकाहरु पनि मनमा आइरहन्छ । बिहान देखिएको सपना पूरा हुने ज्योतिष शास्त्रमा उल्लेख छ ।

सपनाको फल सामान्यतया केही दिन, हप्ता वा महिनापछि प्राप्त हुने गर्दछ । राती ३ बजेदेखि सूर्योदय अगाडिसम्मको सपनाको फल केही दिनभित्र प्राप्त हुने गर्दछ । सपनामा विभिन्न कुराहरु देखिने गर्छन् ।

तर, सपनामा घोडा देखिनुले केकस्ता फल प्राप्त हुन सक्छन् भन्ने विषयमा ज्योतिष गोपाल अधिकारीले बताएका छन् । एउटा घोडा – हामी भित्रको उत्साहलाई जनाउँछ । उत्साह र उमङ्गले काम अघि बढ्ने सङ्केत गर्दछ । नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिने छ । सुरु गरेको काम सफल रुपमा सम्पन्न हुने सङ्केत गर्दछ ।

घोडामा चढ्नु – शुभ सङ्केत मानिन्छ । व्यापार व्यवसायमा उन्नति प्रगति हुने छ । व्यवसायको ब्रान्ड बन्ने छ ।

धेरै घोडा एक साथ – भाग्यले साथ दिएर काम सम्पन्न हुने सङ्केत गर्दछ । व्यपार व्यवसायमा हुनुहुन्छ भने चाँडै सम्झौता हुन सक्छ । नोकरीमा हुनुहुन्छ भने पदोन्नति हुन सक्छ ।

सजाइएको घोडा – हानीको सङ्केत गर्दछ ।

दौडिरहेको घोडा – जीवनमा चलिरहेको समस्या समाधान हुने सङ्केत गर्दछ । समस्या समाधानको खोज गरिरहनु भएको छ भने समाधानको उपाय प्राप्त गर्नुहुन्छ ।

घोडाको पुच्छर देख्नु भएमा – खुसीको खबर सुन्न पाईने छ । प्रेमी प्रेमिका बिचको सम्बन्ध सुमधुर हुनेछ । जीवन साथी वा प्रेमीको खोजमा हुनुहुन्छ भने तपाईंले चाँडै प्राप्त गर्नुहुन्छ ।

घोडाले पछ्याएको देख्नु भएमा – मान सम्मान मिल्ने सङ्केत गर्दछ ।

घोडामा बसेर तीव्र गतिमा कुदिरहेको देख्नु भएमा – चाँडै लामो दूरीको यात्रा हुने सङ्केत हो । यात्रामा धेरै धन लाभ हुने छ ।

आफ्नो कोठामा घोडा देख्नु भएमा – जीवनमा सङ्कटको सामना गर्नु पर्ने हुन्छ ।

मृत घोडा देख्नु भएमा – निराशाको सामना गर्नु पर्ने हुन्छ ।

घोडा बेचेको वा किनेको देख्नु भएमा – धोका मिल्न सक्छ ।

घोडाबाट झरेको देख्नु भएमा – पद घुम्नेछ ।

घोडासँग लडाईँ भएर आफू हारियो भने – सपना देख्ने मान्छे आफ्नो दुस्मनसँग पराजित हुनेछ ।

सेतो घोडा देख्नु भएमा – शुभ हो । परिवारमा सुख शान्ति छाउने छ । मुद्दा मामिला छन् भने तपाईंको पक्षमा फैसला हुनेछ । सफलताको सङ्केत गर्दछ । प्रतियोगिता मुलक कार्य छ भने सफल हुनु हुनेछ ।

कालो घोडा देख्नु भएमा – शक्तिको प्रतीक हो । हौसला हिम्मत बढ्नेछ । बिरामी हुनुहुन्छ भने स्वास्थमा सुधार आउनेछ ।

रातो घोडा देख्नु भएमा – व्यापार व्यवसायमा सफलता मिल्छ । नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिनेछ ।