बैशाख १२, २०८१ बुधबार

यस्ता गल्ती नगर्नुहोस् जन्मिन्छ अपाङ्ग बच्चा



काठमाडौं । गर्भावस्था यसकारण पनि रोमान्चक हुन्छ कि, ‘पैदा हुने बच्चा कस्तो होला ?’ आफ्नो गर्भमा हुर्किरहेको बच्चाको रुपरंग कस्तो होला भन्ने कौतुहलताले मनलाई उथलपुथल बनाइरहेको हुन्छ ।

यससँगै अज्ञात भय हुन्छ, ‘जन्मने बच्चा सग्लो त होला ? कुनै शारीरिक कमजोरी पो हुने हो कि ?’यस किसिमको चिन्ता हुनु स्वभाविक हो ।हरेक गर्भवती महिलाले गर्भाधारण गर्नासाथै आफ्नो गर्भमा हुर्किरहेको बच्चा तन्दुरुस्त र स्वस्थ जन्मियोस् भन्ने कामना गर्छन् । आफ्नो बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने उनको चाहना हुन्छ ।

तर, बेलाबखत केही जटिलताको कारण जन्मैदेखि नै बच्चामा केही समस्या देखिन सक्छन् । चिकित्सकहरुका अनुसार गर्भावस्थाको क्रममा भएका सानो भन्दा सानो गल्तीले पनि बच्चा अपांग हुन सक्छन् ।

पर्याप्त पौष्टिक आहार नलिनाले, क्याल्सियम र भिटामिन डिको कमीको कारणले पनि गर्भमा हुर्किरहेको शिशुमा केही कमीहरु देखिन्छन् ।

विशेषज्ञहरुको कुरा मान्ने हो भने गर्भावस्थाको क्रममा महिलाहरुको शरीरमा धेरै खालका परिवर्तनहरु हुन्छन् । यसमा हार्मोनल परिवर्तन पनि मुख्य हो ।

यसै कारण उनीहरुलाई समय(समयमा केही विशेष खान मन लाग्छ । जस्तैः अमिलोपिरो, चटपटे, कुनै विशेष परिकार आदि ।

गर्भावस्थामा यस्तो गर्नाले आमालाई त सन्तोष दिन्छ तर, बच्चामा यसको नकरात्मक प्रभाव पर्छ जसले उनीहरुमा अपाङ्गताको खतारलाई बढाइदिन्छ ।गर्भावस्थाको क्रममा निम्न कुरालाई ख्याल राखेर आफ्नो हुनेवाला शिशुलाई अपाङ्गताबाट बचाउन सक्छ ।

सबै जरुरी जाँच गराउनुहोस्

गर्भाधारण गर्न चाहनुहुन्छ भने ३ महिना पहिलेदेखि नै गर्भावस्थाको तयारी सुरु गर्नुपर्छ । तीन महिना पहिले सबै आवश्यक परिक्षण जस्तै थाइराइड, सिस्ट आदिको परिक्षण गराउनुहोस् ।

साथै गर्भावस्थाको ३ महिना पहिले नै महिलाहरुले फोलिक एसिडको सेवन गर्नुपर्छ । फोलिक एसिडको सेवनले बच्चा र आमामा रगतको कमी हुँदैन र यसको कारणले पछि कुनै समस्या हुँदैन ।

भाइरल संक्रमणबाट बच्नुहोस्

गर्भावस्थाको क्रममा आमा यस्ता मानिसहरुसँग टाढा हुनुपर्छ जसलाई भाइरल इन्फेक्सन भएको छ । यसै कारण चिकित्सकहरुले महिलाहरुलाई भिडभाड भएको ठाँउमा नजान भन्छन् ।

सार्वजनिक स्थानमा कैयौं खालको संक्रमणको चपेटामा आएमा यसको असर भ्रुणमा पर्छ ।

शान्त वातावरणमा रमाउनुहोस्

गर्भावस्थाको क्रममा महिलाहरुलाई धेरै होहल्ला भएको माहौलमा रहनु हुँदैन । यसले बच्चाको सुन्ने शक्ति कम हुन सक्छ । एक अध्ययनको रिपोर्टमा यो कुरा अगाडि आएको छ कि ध्वनी प्रदुषणले गर्भमा हुर्किरहेको बच्चाको श्रवणशक्ति प्रभावित हुन्छ ।

यस्ता बच्चाको बोल्ने क्षमतामा पनि असर पर्छ किनभने बच्चाले जबसम्म केही सुन्दैनन् उनीहरुको उच्चारण गर्ने क्षमता विकसित हुँदैन ।

मदिरा र धुम्रपानबाट टाढा बस्नुहोस्

यदि तपाईं गर्भवती हुनुहुन्छ भने स्वस्थ जीवनशैली अपनाउनु पर्ने हुन्छ । यदि तपाईंमा मदिरा सेवन वा धुम्रपान गर्ने बानी छ भने आजैदेखि छोडिदिनुहोस् । मदिराको पिउने लतले गर्भ तुहिन सक्छ वा भ्रुणको विकास रोकिन सक्छ ।

मदिराको कारणले बच्चाको व्यवहारमा पनि समस्या हुन सक्छ । यस बाहेक धुम्रपानको कारणले बच्चालाई कैयों समस्याहरु हुन सक्छन् जस्तै जन्मदेखि नै कम तौल हुनु यस बाहेक समयभन्दा पहिले बच्चा जन्मिन सक्मदिरा र धुम्रपानबाट टाढा बस्नुहोस्

कोल्ड ड्रिंक र प्याकेज्ड जुस नपिउनुहोस्

गर्भावस्थामा जुस पिउनु पाइदाजनक हुन्छ तर, फ्रेस जुसको सट्टा प्याकेज्ड जुस पिउनाका कैयौं खतरा पनि छन् । बाहिरका जुसमा ब्याक्टेरिया हुन सक्छन् । त्यस्तै कोल्ड ड्रिंकमा उच्च मात्रामा प्रिजर्भेटिभ्सको प्रयोग भएको हुन्छ ।

बाहिरको खाना नखानुहोस्

गर्भावस्थाको क्रममा शरीरमा हुने परिवर्तनको कारणले केही चटपटे खानेकुरा वा जिब्रोलाई स्वाद हुने खानेकुरा खान मन लाग्छ ।

तर, बच्चाको स्वास्थ्यको लागि तपाईंले आफ्नो जिब्रोलाई केही नियन्त्रणमा राख्नुपर्छ । खासगरि पिज्जा, बर्गर, स्ट्रिट फुड, चटपटे, पानीपुरी आदिको सेवन नगरेकै राम्रो हुन्छ ।