चैत्र ३०, २०८० शुक्रबार

किन एक्लोपनको महसुस गर्दैछन् महिला ?



१२ फागुन, काठमाडौं । काठमाडौंकी ४५ वर्षीया मिला श्रेष्ठ ९नाम परिवर्तन०को विवाह भएको २२ वर्ष भयो । जीवनसाथी बन्न लागेको व्यक्तिसँग राम्रोसँग चिनजान र घुलमिल हुन नपाउँदै जात, धर्म र हैसियत मिल्ने भन्दै घरपरिवारले उनको विवाह गरिदिए ।

विवाह गरेको केही वर्ष जीवन हाँसीखुसीले बित्यो, तर समय बित्दै जाँदा नैराश्यताले डेरा जमाउन थाल्यो ।त्यसपछि दुई सन्तानकी आमा मिलालाई जीवनदेखि विरक्त लाग्न थाल्यो । कारण, श्रीमानले उनलाई गर्ने बेवास्ता । शारीरिक सम्बन्ध त परको कुरा मिला र उनको भावनात्मक सम्बन्धमा पनि पूर्णविराम लाग्यो । उनलाई एक्लो महसुस हुन थाल्यो ।

तनाव व्यवस्थापनका लागि साथीसँग भेट्ने र घुम्ने पनि गरिन्, तर उनको तनाव कम भएन । मिला अहिले सीएमसी नेपालमा मनोपरामर्श लिइराखेकी छन् ।महिलाले एक्लोपन महसुस गर्नुमा उनीहरुसँग जोडिएका अन्तर्निहित विषयवस्तु हुने बताउँछिन् समाजशास्त्री डा। मीना उप्रेती ।

ती विषयवस्तु नकेलाएसम्म महिलालाई किन यस्तो हुन्छ भनेर भन्न नसकिने उनको भनाइ छ ।ज्ञानेश्वरकी ३० वर्षीया रोजिना नेपाली ९नाम परिवर्तन०ले प्रेमलाई मागी विवाहमा परिणत गरिन् । चार वर्षदेखि एकअर्कालाई चिनेर विवाह गरेकी रोजिना अहिले आफूलाई ‘आइसोलेट’ महसुस गर्छिन् ।

विवाहपछि उनको जिन्दगीमा धेरै परिवर्तन आइसकेको छ । चुलबुले स्वभावकी उनले अचेल बोल्न र रमाइलो गर्न बिर्सिसकेकी छन् ।यसको कारण श्रीमानसँगको चिसोपन नै भएको उनी बताउँछिन् । रोजिनाले विवाहअघि चिनेको प्रेमी विवाहपछि श्रीमान बनेपछि व्यवहार नै परिवर्तन भयो ।

हिजोसम्म आफ्नो हरेक कुरामा ध्यान राख्ने, हरेक क्रियाकलापमा बराबरी देखाउने प्रेमीले श्रीमान बनेपछि देखाएको फरक व्यवहारले उनलाई पीडा भयो । अहिले उनी पनि मानसिक समस्याको उपचारमै छिन् ।

यी त उदाहरण मात्रै हुन् ।

समाजमा धेरै महिलाले यस्तो समस्या भोगिरहेका हुन्छन् । सबै कुरा छ, तर केही नभएको जस्तो रित्तो, एक्लो, हराएको, कता(कता के छुटेको जस्तो, आइसोलेट भएको अनुभूति हुनुमा सम्बन्धमा आउने चिसोपनका कारण हुने मनोविद् डा। करुणा कुँवर बताउँछिन् ।

रमाइलो जिन्दगीमा एक्कासी ग्रहण लाग्दछ । कोही नभएको जस्तो सहाराविहीन एक्लो महसुस हुनथाल्यो भने बेलैमा मनोपरामर्श लिन डा। कुँवर सुझाउँछिन् । कुनै पनि समस्या आउँदा त्यसले समाधानको उपाय पनि लिएर आएको हुन्छ । डा। कुँवर अगाडि भन्छिन्, ‘कुनै पनि सम्बन्ध सधैं एकैनासको हुँदैन यो वास्तविकता पनि हो ।

कति जोडीमा जुन चमक, माया र वाचा राखिरहन सक्छु भनेपनि त्यो विवाहपछि नहुन सक्छ । त्यसैले महिलामा निराशा, एक्लोपनको अनुभूति हुन्छ ।’

मनोविद् डा। करुणा कुँवर

प्रकृतिले पनि हरेक दिन नयाँपन ल्याउने कोशिश गरिरहेको हुन्छ । त्यस्तै हाम्रो दिमागमा पनि नयाँ कुराहरु आइरहेका हुन्छन् । सम्बन्धमा पनि त्यस्तै हुन्छ । ‘हाम्रो समाज पित्तृसत्तामक समाज हो । आजको मितिसम्म पनि महिला विवाह गरेर पुरुषकै घरमा जानुपर्छ भन्ने छ । हामीलाई त्यसरी नै हुर्काइएको छ ।

हिजो छोरी भएर हुर्काइएको हुन्छ अनि अचानक बुहारीको जिम्मेवारीले थिच्दा समस्या अवश्य नै आउँछ,’ डा। कुँवर भन्छिन् ।श्रीमानसँग मात्र नभएर परिवारका अन्य सदस्यसँग पनि सम्बन्ध बिग्रिंदा घरमा झैझगडा हुन्छ । छोरी हुँदा घरमा चुलबुल गरिरहने, सबैकी प्यारी मान्छे विवाह गरेपछि व्यक्तित्वमा परिवर्तन आउँछ । किनभने त्यसबेला सम्बन्धमा फरकपन आउँछ ।

छोरीको व्यवहार बुहारीमा हाम्रो समाजले पचाउँदैन । यो सबै आउनुमा पित्तृसत्तात्मक समाज नै मूल कारण रहेको मनोविद् डा। कुँवर बताउँछिन् । महिलाले एक्लोपन महसुस गर्नुमा उनीहरुसँग जोडिएका अन्तर्निहित विषयवस्तु हुने बताउँछिन् समाजशास्त्री डा। मीना उप्रेती ।

ती विषयवस्तु नकेलाएसम्म महिलालाई किन यस्तो हुन्छ भनेर भन्न नसकिने उनको भनाइ छ । ‘सामाजिक संरचना र पुरुष महिलामाथि यति हाबी छन् कि जसले महिला अझै पूर्ण मानव बन्न नसकेको आभास हुन्छ । विवाह, यौन, जागिर, छोराछोरी, कोसँग बोल्ने, नबोल्ने लगायतका विषयमा पूर्ण स्वतन्त्रता महिलाले पाएकै छैनन्,’ उनी भन्छिन् ।

सामाजिक सम्बन्धमा पनि महिलाको भूमिका एकदमै कमजोर छ । हाम्रो सामाजिक संरचना महिलालाई सामाजिक बन्धनमा राख्नु, कमजोर आर्थिक अवस्था, सम्पत्तिको अधिकार कानुुनी रुपमा भएपनि व्यवहारमा लागु गराउन ठूलै सकस हुन्छ । डा। उप्रेती भन्छिन्, ‘कम शिक्षा, अपूरो शिक्षा र बढी शिक्षा, यी तीन कुराले महिलालाई आइसोलेट बनाइरहेको छ ।

एमए पास गर्छन्, एमफिल गर्छन्, तर घरमै सीमित हुनुपरेको छ । आफूले सजाएका विभिन्न सपनामा विवाहपछि ब्रेक लाग्छ ।’गाउँघरका महिलाभन्दा सहरका शिक्षित महिलाहरुले बढी एक्लोपनको महसुस गरेको देखिन्छ ।

‘आफूले लिएको शिक्षा आफैंलाई भारी हुने अवस्था समेत महिलाहरुमा आएको देखिन्छ । घरमा बस्ने महिलाको कुनै आर्थिक मूल्यांकन हुँदैन, जबकि उनीहरु बिहान चारबजेदेखि राति ११ बजेसम्म घरको काममा खटिएका हुन्छन्,’ डा। उप्रेती भन्छिन् ।

समाजशास्त्री डा । मीना उप्रेती

परिवारले महिलाका चाहना र सपनालाई नबुझ्ने र श्रीमानले पनि न्यायपूर्णभन्दा पनि सतही र बनावटी सहयोग मात्रै गरिदिंदा महिलामा निराशा र एक्लोपन छाएको उनी बताउँछिन् । व्यस्त जीवनशैली र तीव्र प्रतिस्पर्धाका कारण पनि एकअर्कालाई दिने समय अभाव हुँदा पनि श्रीमान्–श्रीमतीले आफूलाई बुझ्न नसकेको हुनसक्छ ।

डा। उप्रेती अगाडि भन्छिन्, ‘महिला चाहन्छिन् पुरुषले आफ्नो ख्याल गरोस् ध्यान दियोस् । उसलाई मानसिक तथा शारीरिक रुपमा बुझ्ने, तिमी आज कति राम्रो देखिएकी छौ तिमीले गरेको राम्रो छ, तिमीले गर्न सक्छौ भनेर भनिदिँदा पनि सम्बन्धमा सकारात्मक प्रभाव पर्छ ।’

श्रीमान र परिवारको इज्जत महिलाले नै धान्नुपर्ने र महिलालाई इज्जतसँग जोडिदिने सामाजिक परम्पराले पनि महिलालाई दबाब राखिरहेको उनी बताउँछिन् । यस्ता कुरामा सुधार नगरे महिलाहरु आइसोलेट भइरहन्छन् । प्रेम सम्बन्धमा रहँदा बेलाबेलामा भेट्ने, मायाका कुरा गर्ने गर्दा सम्बन्ध धेरै कसिलो हुन्छ ।

समाजशास्त्री डा। उप्रेती भन्छिन्, ‘प्रेम भनेको बढी इमोसनल हुन्छ, प्रेम नितान्त व्यक्ति कुरा हो । यो लुकाएर गरिन्छ, विवाह जहिले पनि देखाएर गरिन्छ, कार्ड छापिन्छ, भोज गरिन्छ व्यक्तिगत कुरालाई सामाजिक कुरामा लगेपछि अनि समस्या आउँछ ।’

व्यक्तिगत र पारिवारिक सामाजिक संरचनामा महिलालाई न्यायपूर्ण र यथोचित स्थान दिइएन भने यस्ता समस्याको निराकरण हुँदैन ।

‘सबैभन्दा पहिला तिमी हौ । तिम्रो स्वतन्त्रता, चाहना, त्यसपछि अरु । संसारमा कुनै पनि व्यक्ति आफू सक्षम रहुन्जेल अरुले माया गर्छ, आफूलाई अप्ठ्यारो हुँदा कसैले हेर्दैन । आफू सक्षम भयो भने परिवारसँगै सम्बन्ध बलियो हुन्छ,’ डा। उप्रेती भन्छिन् ।