चैत्र १६, २०८० शुक्रबार

श्रीमतीले विज्ञापन ‘मेरो श्रीमानलाई ५० हजार तलबमा ३ जना गर्लफ्रेण्ड चाहियो, म झगडा गर्दिन’



काठमाडौं । श्रीमान्–श्रीमतीको सम्बन्धमा ‘तेस्रो’ व्यक्तिको प्रवेशले सम्बन्धमा दरार आएका घटना धेरै भएका छन् । तर एउटी श्रीमती आफैले श्रीमानको ‘खुशी’को लागि अर्की महिलालाई सम्बन्धमा ल्याएकी छिन् ।

यी श्रीमतीको कथा सामाजिक सञ्जालमा चर्चामा छ । उनले आफ्नो श्रीमानका लागि ३ जना प्रेमिका खोज्ने घोषणा गरेकी थिइन् । अहिलेको लागि उनले एउटी प्रेमिका भर्ती गरेकी छिन्। हाल २ पद रिक्त छ ।

४४ वर्षीया पथिमाले एक विज्ञापन जारी गर्दै आफ्नो पतिलाई खुसी राख्ने र काममा सहयोग गर्ने महिलाको खोजीमा रहेको बताएकी थिइन् । बदलामा प्रेमिकाले मासिक ५२ हजार रुपैयाँ (१५ हजार थाइ भाट) तलब पाउनेछन् ।

थाइगरको रिपोर्टका अनुसार पथिमाले टिकटकमा एक भिडियो जारी गरेर यसबारे बताएकी हुन् । यसअघि आफ्नो भिडियोमा पथिमाले आफू तीन जना महिलाको खोजीमा रहेको बताएकी थिइन्, जसले आफ्नो पति, बच्चा र घरको हेरचाह गर्न सक्छन्।

पथिमाले आवेदन दिने महिलाको एचआइभी परीक्षण आवश्यक हुने बताइन् । तिनीहरू ३० देखि ३५ वर्षको बीचमा हुनुपर्छ र उच्च विद्यालय वा स्नातक डिग्री हुनुपर्छ। महिलाको बस्ने, खाना पनि नि:शुल्क हुनेछ । पथिमाले यो अनौठो ‘जब’ प्रस्ताव गरेको भिडियो थाई सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आफू डिप्रेसनसँग जुधिरहेको र पतिलाई खुसी राख्न नसकिएको पथिमा बताउँछिन् । भिडियोमा पाथिमाले आफ्नो परिवारमा अब श्रीमानसँगै ‘कान्छी श्रीमती’ समावेश हुने बताइन् । एउटै घरमा सँगै बस्ने, सँगै खाने र एकअर्काको हेरचाह गर्ने ।

पथिमा थप भन्छिन्, ‘हामीबीच झगडा नहुने ग्यारेन्टी दिन्छु । म मेरो श्रीमानलाई कोसँग सुत्ने वा कोसँग बस्ने छनोट गर्ने स्वतन्त्रता दिनेछु।’

पथिमाले आफ्नो श्रीमानका लागि अन्य महिलालाई काममा लगाउन आफू गम्भीर रहेको दाबी गरिन् । उनले आफु स्वास्थ्य समस्याबाट गुज्रिरहेको बताइन् । उनले दिनहुँ निद्राको चक्की खानुपर्छ र चाँडो सुत्नु पर्छ। उनी सामान्य पत्नीले जस्तै श्रीमानको हेरचाह गर्न सक्दिनन् ।

तर, सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले यसलाई पथिमाको फेमको स्टन्ट भनेका छन् भने केही प्रयोगकर्ताहरूले यसलाई मनोरञ्जनका लागि बनाइएको भिडियो भनेका छन् । तर पथिमाले यसलाई गम्भीर विषय भनेकी छन् ।