बैशाख ८, २०८१ शनिबार

गर्भ रहे नरहेको यसरि थाहा हुन्छ



काठमाडौं । परिवारमा सन्तान थप्न सबैलाई रहर नै हुन्छ । महिला २८ दिनको चक्रमा महिनावारी भइरहने गर्छन् ।  नियमित महिनावारी भइरहने बिवाहित महिलामा महिनावारी रोकिएमा गर्भ रहेको शंका गरिन्छ।

पिरीयड हुनुपर्ने मितिको १२ देखि १४ दिन अघिसम्म शारीरिक सम्पर्क भएमा गर्भ रहने बढी सम्भावना हुन्छ । यस्तो अवस्थामा गर्भ रहेको छ या छैन भन्ने कौतुहलता हुन्छ । यस्तो अवस्थामा गर्भ रहेको नरहेको कुरामा दम्पतीमा बढी कौतुहलता हुन्छ।

गर्भ रहेको नरहेको थाहा पाउने विभिन्न उपाय पनि छन् । महिनावारी समयमा भएन भने गर्भ रहे नरहेको थाहा पाउन बजारमा बिभिन्न प्रेग्नेन्सी टेस्ट कीट पाइन्छ । यस्तो कीटले गर्भ रहेका या नरहेको थाहा हुन्छ । प्रेग्नेन्सी टेस्ट कीटबाट महिनावारीको मितिको न्युनतम पाँच दिनपछि प्रयोग गर्नुपर्दछ।

खासमा यसले अन्तिम पिरियड भएको मितिको ६ हप्ता पछि गर्भ रहेको या नरहेको प्रष्ट थाहा दिन्छ । गर्भवती हुदाँ खान मन नलाग्ने, धेरै पिसाब लाग्ने,पेटमा ग्यास भरिए झै हुने, मुखको स्वाद बिग्रने, शरीर थाके जस्तै हुन, स्तन सारो वा दुखे झै हुने र अन्य समयमा भन्दा बढि वान्ता हुने हुन्छ।