चैत्र ८, २०८१ शनिबार

परराष्ट्रको सह-सचिवमा तीनैजना महिला सिफारिस



गुल्मी – नेपाल परराष्ट्र सेवाको सह-सचिव (राजपत्रांकित प्रथम श्रेणी) पदमा लाेक सेवा आयाेगले लिएकाे परिक्षाबाट तीनै जना महिला सिफारिस भएका छन् । आयोगले आज सार्वजनिक गरेको नतिजा अनुसार ईला मैनाली, रोशन खनाल र रोजिना ताम्राकार सहसचिवमा सिफारिस भएका हुन् ।

आयोजको विज्ञापन नम्बर १६६५४०/८१-८२ अनुसार आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बन्नको लागि दरखास्त दिएका मध्ये १६ जनाको नाम स्विकृत भएको थियो । जसमा १० जना पुरुष र ६ जना महिला उपसचिव थिए ।

उनीहरुमध्ये लिखित परिक्षाबाट ५ जनामात्र अन्तरवार्ताका लागि छनौट भएका थिए । ५ जनाको अन्तरवार्ता, मामिला प्रस्तुतीकरण तथा लिखित परिक्षा समेतको प्राप्तांकको आधारमा ३ जना सहसचिवमा नियुक्तिका लागि सिफारिस भएको आयोगले जनाएको छ ।

सहसचिवमा सिफारिस भएकी मैनाली डेनमार्क, खनाल थाइल्याण्ड र ताम्राकार क्यानडामा कार्यरत रहेकी थिइन् ।