चैत्र ८, २०८१ शनिबार

न्याय समूहको सहसचिवमा सपना अधिकारी गौतम सिफारिस



गुल्मी –  नेपाल न्याय सेवा अन्तर्गत न्याय समूहको राजपत्रांकित प्रथम श्रेणी, सहसचिव पदमा सपना अधिकारी गौतम सिफारिस भएकी छन् ।

आयोगले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार आयोगले लिएको परिक्षामा सफल भई गौतम सह सचिव सरहको नियुक्तिका लाग सिफारिस भएकी हुन् ।

आयोगको विज्ञापन नम्बर १६६५१/०८१–८२ अनुसार उक्त पदमा आन्तरिक प्रतिस्पर्धाबाट बढुवाका लागि १ जना माग भएकोमा ५२ जना उप सचिव लिखित परिक्षामा सहभागी भएका थिए । उनीहरुमध्ये लिखित परिक्षाबाट ३ जना महिला मात्र अन्तरवार्ताका लागि छनौट भएका थिए ।

३ जनाको अन्तरवार्ता, मामिला प्रस्तुतीकरण तथा लिखित परिक्षा समेतको प्राप्तांकको आधारमा एक जना सहसचिवमा बढुवा नियुक्तिका लागि सिफारिस भएको आयोगले जनाएको छ ।