काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ ।
बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरुमा वृक्षारोपण कार्यक्रम गरेको हो ।
यसै अवसरमा बैंकले कैलालीको लम्कीचुहाँ नगरपालिकाको बालचौरमा मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उस्थितिमा एक हजार कागतीका बिरुवा रोपण गरेको हो ।
उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, स्थानीय नागरिक लगायत बैंकका कर्मचारीहरुको ठूलो उपस्थिति रहेको थियो ।
त्यसैगरी बैंकले नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा ३०० वटा विरुवा रोपण गरेको छ ।
बैंकले कोशीको दिक्तेल, प्रगती सामुदायिक वन, मेचीनगर, झापालगायतका विभिन्न स्थानमा ३,७०० वटा, मधेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक वन) लगायतका विभिन्न स्थानमा ५,०५०, बागमतीको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका विभिन्न स्थानमा २,३००, गण्डकीको बागलुङ र कास्कीलगायतका विभिन्न स्थानमा २,१००, लुम्बिनीको बिजुवार, घोराही, गुलेरिया, लिवाङ्ग लगायतका विभिन्न स्थानमा १,५००, कर्णालीको विरेन्द्रनगर र रास्कोटलगायतका विभिन्न स्थानमा ७०० र सुदूरपश्चिमको बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगरलगायतका विभिन्न स्थानमा २,०८६ विरुवा रोपण सुरु गरेको छ ।
ग्लोबल आइएमई ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट सम्मानित बैंक होे । साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्