असार ३, २०८२ मंगलबार

संगैको जोडी सधैका लागि छुट्टियो:बुहारी भित्रायाउने सपना अधुरै



हरेक अभिभावकको एउटै मात्र सपना र चाहना हुन्छ आफ्ना सन्तानको विहे गरिदिने,उनीहरुको सुखी परिवार हेर्ने । तर गुल्मीको रुरु गाउँपालिका बम्घाका ५१ बर्षिय तिलकराम भण्डारीको यो सपना भने अधुरै रह्यो । घरमा छोराको धुमधाम बिहे गरिदिने र लक्ष्मी जस्तै बुहारी भित्रायाउँने सपना बुनेर दुलहीका लागि कपडा ल्याउन शनिबार सुनौली हिडेका भण्डारी दम्पती घरबाट हिडेको केही घण्टामै बुटवलको सिद्धबाबा पहिरोमा परे ।

शुक्रबार मात्रै बुहारी घर भित्राउने गरी छोराका लागि केटी मागेर फर्किएका भण्डारी र उनीकी धर्मपत्नी राधिका भण्डारी बिहेका सामान ल्याउन शनिवार सुनौली हिडेका थिए । दुई छोरा र एक छोरीहरु मध्ये भोली असौज ९ गते जेठा छोरा दिपकको बिवाह गर्ने तयारी स्वरुप भ्याई नभ्याई थियो । बेहुला बेहुलीलाई कपडा लगायतको समाग्री किन्नका लागि शनिबार विहानै घरबाट श्रीमति संग कुराकानी गर्दै हिडेका श्रीमान संग सधैका लागि आफैँ छुट्टिनु पर्ला भनेर राधिकाले सोचेकी समेत थिइनन् तर दैबको लिला कसले देखेको छ र ? कल्पना नै नगरेको बज्रपात बज्रियो राधिकाको जिवन्मा ।

२४ वर्षिय छोराको विहे त्यो घरमा पहिलो भएकोले पनि धुमधामका साथ गर्ने तयारी थियो । उनीहरुका छिमेकी तारा राना भन्छन–‘ हिजो मात्रै तिलकराम दाईले मलाई फोन गरेर खैरेनीतिर केटी माग्न जाँदै छु कुरा मिल्यो भने पर्सी लगन निस्केको छ रमाईलो गरौला है भाई भनेर भन्नु भएको थियो । उहाँको बाजै बजाएर छोराको विहे गर्ने रहर थियो । नभन्दै केटी दिएछन र भोली विहे गर्ने भएर हिजो विहान बुढा बुढी सुनौली कपडा किन्न गएका हुन् । सोही घटनामा परि गुल्मी वलेटक्सारकै कार मालिक र चालक २४ वर्षिय यमबहादुर ज्ञवालीको पनि मृत्यु भयो । भण्डारी परिवारको विहेमा सघाउन आफ्नो गाडी प्रयोग गरेर ज्ञावली पनि सुनौली जाँदै थिए ।

भोली वेहुला भण्डारीलाई सजाएर जन्ती जानु पर्ने र दुलही ल्याएर फर्किनुपर्ने लु १च ७९९४ नम्बरको मारूती कार शिद्धवावको पहिरोमा पुरिएर क्षतविच्छेद भएको छ । धेरै मानिसका सपनाहरु अुधरै बनाएर चटक्क चुडी लैजाने नियती नै बनेको सिद्धबाबा पहिरो । छोराको बिहे हेर्ने र घरमा नवदुलही भित्राउने सपना अधुरै छोडेर गएका भण्डारीले त्यो जिम्मा श्रीमतीलाई सुम्पेका छन् । सामान्य घाईते भएकी राधिका भण्डारी अहिले खतरामुक्त अवस्थामा लुम्विनी अञ्चल अस्पातलमा उपचारमा रहेको उनका आफन्तले बताएका छन् ।