श्रावण १८, २०८२ आईतबार

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ



woman-arrested८ कार्तिक, धनगढी – कैलालीमा श्रीमानको हत्या अारोपमा एक महिला पक्राउ परेकी छिन्। कैलालीको घोडाघोडी नगरपालिका–६ शीतलपुर गाउँमा बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा लक्ष्मीदेवी विष्टलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।

स्थानीयवासी ३२ वर्षीय लालबहादुरको हत्या गरेको आरोपमा उनकी श्रीमती मङ्गली भनिने लक्ष्मीदेवीलाई सोही ठाउँको थुम्की भन्ने ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले लक्ष्मीदेवीले श्रीमान्को हत्या गरी घर नजिकै खाल्डो खनेर शव गाड्न लागेको प्रयास गरेकामा मृतकका छोराले देखेपछि उनी फरार भएकी थिइन्। दुवैबीच गएराति झगडाले उग्ररुप लिएको थियो। रासस