बैशाख १६, २०८१ आईतबार

प्रेम बिहे रोक्दा जरिवाना ‘दाइजाे’



सप्तरी – भागेका प्रेमी जोडीलाई रोकेर घरबाटै विवाह गराउन खोज्दा सप्तरीमा एक परिवार मोटरसाइकल जरीवाना तिर्नु परेको छ ।

राजविराज ३ का २३ वर्षिय आनन्द महतोसंग भागेर विवाह गर्न लागेकी बोदेबर्साइन नगरपालिकाका ४ कि बचनीकुमारीको परीवारले प्रेम बिबाह रोकेबापत दाइजो दिनु परेको हो ।

आनन्द र बचनीकुमारी दुर्गा मन्दिरमा प्रेम विवाह गर्न लागेका थाहा पाएपछि बचनकुमारीकाे परीवारले आनन्दको परिवारलाई बोलाएर सहमति गराउन खोजे ।

भाेली छोरीले दुःख नपाओस् भनेर विवाहमा परिवारको सहमति गराउन आनन्दका बाबुलाई बाेलाए ।

तर इलाका प्रहरी कार्यालयले कार्यालयमा भएको पञ्चायतीमा युवकका पिता रामएकबालले छोरालाई पढाउँदा धेरै खर्च गरेकोले त्यो खर्चबापतको दाइजो मागे ।

दाइजो नदिए बचनीकुमारीसँग छोराको बिहे नगर्ने समेत उनको अडान थियो । दाइजो नदिए विवाह नै नगर्ने अडान लिएपछि युवती पक्ष दाइजो तिर्न बाध्य भए ।

छलफलमा युवती पक्ष एउटा मोटरसाइकल र एक लाख ५० हजार रुपैयाँ दाइजोको रुपमा दिन सहमत शनिबार साँझ दुर्गा मन्दिरमा दुबै पक्ष मिलेर विवाह गराएका छन् ।

युवक स्नातकमा अध्ययनरत छन् भने युवती एसईई उत्तिर्ण छिन् । स्राेत: अनलाइनखबर