बैशाख १८, २०८१ मंगलबार

राष्ट्रपतिले भाइलाई लगाइन् टीका (फोटो फिचर)



degendra-pande

१६ कार्तिक, काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिइन।  भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो।

सो अवसरमा भाइ डेगेन्द्रलाई अरु दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेले पनि टीका लगाइदिए।  साथै, भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति भण्डारी, दिदीहरु कल्पना र  पाण्डेलाई टीका तथा माला लगाई पूजा गरे।

भाइलाई टीका लगाइदिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपतिले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्।  राष्ट्रपति भण्डारीले भनिन्- ‘सबैको सुखशान्ति भएमात्र देशको समृद्धि हुन्छ।’

मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन महत्वपूर्ण भएको बताउँदै राष्ट्रपति भण्डारीले यसका लागि सबै पक्ष मिलेर स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन गराउनु जरुरी भएको बताइन। उनले चाँडोभन्दा चाँडो सबै मिलेर निर्वाचन गराउनुपर्ने बताइन्।

bidhya-tihar bidhya-bhandari bidhya-1