सर्लाही । मौरीले टोकेर सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३ भेल्हीमा आमाछोरी सिकिस्त बिरामी परेका छन् ।
घाँस काट्न गएको समयमा मौरीले टोक्दा स्थानीय दिनेश मुखियाकी ३० वर्षीया श्रीमती पार्वती मुखिया र उनकी १२ वर्षीया छोरी करिना बिरामी परेको प्रहरीले जनाएको छ ।
चौरमा घाँस काट्ने क्रममा आमाछोरीलाई मौरीले टोकेको थियो । उनीहरु दुवैको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्