बैशाख १२, २०८१ बुधबार

स्वास्थ्य बिमा धनी र गरीबका लागि एउटै छ:एमाले नेतृ झाँक्री



काठमाडौं– हाल नेपालमा लागू गरिएको स्वास्थ्य बिमामाथि प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले प्रश्न गरेकी छिन् । समाजवाद उन्मुख राज्यमा लागू भएको बिमा बजारिया मोडेलको रहेको बताउँदै उनले प्रश्न उठाएकी छिन्।

पूर्व स्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले स्वास्थ्य बिमाका विषयमा राखेको जरुरी महत्वको प्रस्तावमाथि छलफल गर्ने क्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘स्वास्थ्य बिमा कार्यक्रमको मोडेलमाथि छलफल हुन जरुरी छ।’

हाल हरेक परिवारले २५ सय रुपैयाँ प्रिमियरका रुपमा बुझाउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले प्रश्न गरिन्, ‘वीर अस्पतालमा मासिक ५० हजार रुपैयाँ तलब भएको कर्मचारी २० हजार कमाउने कर्मचारीको प्रिमियर बराबर कसरी हुन्छ रु हामी यो कस्तो प्रणालीको अवलम्बन गरिरहेका छौं रु’

नेपालको स्वास्थ्य बिमा प्रणालीले केही व्यक्ति मात्रै मोटाउने अवस्था सिर्जना भएको उनले बताइन्। उनले प्रशासनिक खर्चमा मात्रै ३० प्रतिशत गएको बताउँदै बिचौलियाले कमाउने बिमाको वर्तमान मोडेलमाथि नै पुनर्विचार गर्न आग्रह गरिन्।