जेष्ठ ८, २०८१ मंगलबार

पहिराेले पुरिएर गर्भवतीकाे मृत्यु, ५ जना बेपत्ता



गएको २४ घण्टामा कोरोना भाइरसका कारण ५ जना महिलासहित १७ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, झापा, सुनसरी, धनुषा, रौतहट, भक्तपुर, काठमाडौं, धादिङ, तनहुँ, दाङ, कपिलवस्तु र नवलपरासीमा गरी १७ जनाको निधन भएको हो ।

मृत्यु हुने महिला मध्ये काठमाडौंकी ८२ वर्षीया, भक्तपुरकी ७३ वर्षीया, सुनसरीकी ८१ वर्षीया, मोरङकी ५५ वर्षीया र धादिङ्गकी ३२ वर्षीया छन् ।

त्यस्तै निधन हुने पुरुषमध्ये काठमाडौंमा ७५, ७९ र ८० वर्षका गरी ३ जना, धनुषामा २८ र ७० वर्षका २ जना, झापामा ७८, रौतहटमा ६५, भक्तपुरमा ८४, तनहुँमा ३९, दाङमा ३९, कपिलवस्तुमा ५० र नवलपरासीमा ५५ वर्षका एक एक जना पुरुषको निधन भएको छ ।

यो सँगै नेपालमा कोरोनाका कारण आजसम्म ४५३ जनाको निधन भएको छ । यो कूल संक्रमितको शून्य दशमलव ६५ प्रतिशत हो । नेपालमा हालसम्म ६९ हजार ३ सय १ जना संक्रमित भएका छन् । त्यसमध्ये ५० हजार ४ सय १ जनालाई निको भइसकेको छ ।