बैशाख १२, २०८१ बुधबार

महिनावारी गडबडी र गाजर



महिलाहरुको महिनावारी सृष्टि धान्ने प्राकृतिक प्रकृया हो । महिनावारीकै कारण गर्भ रहन्छ र सन्तान उत्पादन प्रकृया चल्छ । तर आजभोली विभिन्न कारणले महिनावारी गडबडी हुने गर्छ । गडबडीका कारणमध्ये मुख्यतः हार्मोनल कारणले उत्पन्न समस्या धेरै देखिएको छ । ओभरीमा ‘पोलिस्टिक’ हर्मोन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ ।

पोलिसिस्टक हर्मोन बढेका कारण महिनावारी गडबडी हुनु आजभोलि धेरै जस्तो युवतीमा देखिने समस्या हो । पोलिसिस्टिकमा महिलाको अन्डाशयका अन्डा पाक्ने र फुट्ने हुन्छ ।

पोलिसिस्टिक भएका महिलाका थुप्रै अण्डा हुन्छन् र सबै अन्डाबाट अलिअलि हर्मोन निस्किएर हर्मोन असन्तुलित हुने गर्छ । हर्मोन असन्तुलित भएपछि महिनावारीमा गडबडी आउँछ ।

सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुने गर्छ । नियमित महिनाबारी अरु बेलाभन्दा अगाडि पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भएको हुन सक्छ ।

महिलाको महिनावारीको समस्याको उपचारमा हामीले लाखौं रुपैयाँ खर्च गर्दागर्दै पनि समाधान नभएको धेरैको अनुभव छ । तर हरेक महिलामा हुने यो समस्या भान्साबाटै समाधान हुन सक्ने आयुर्वेदिक चिकित्सकरु बताउँछन् ।

त्यसमध्ये एक हो गाजर । गाजरको प्रयोगले राम्रो फाइदा हुने कुरा आयुर्वेदिक ग्रन्थमा उल्लेख गरेको नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष समेत रहेका आयुर्वेद डाक्टर राम बहादुर बोहोराको भनाई छ । बोहोरका अनुसार गाजरको प्रयोग यसरी गर्न सकिन्छ ।

१. गाजरको बीउ १० ग्राम जति ल्याउनुहोस् र त्यसमा २० ग्राम जति भेलीमा आधा लिटर जति पानी राखेर पकाउनुहोस् । पाक्दा पाक्दा आधा भएपछि उतारनुहोस् र खान दिनुहोस् या खानुहोस् । यसको प्रयोगले बन्द महिना वारी खुल्दछ । गर्भवतीले भने यो औषधि सेवन नगर्नुहोस् अन्यथा गर्भपतन हुन सक्छ ।

२. गुड नपाएको अवस्थामा गाजरको बीउ १०,१५ ग्राम जति गाजरको बीउलाई १०० एम।एल जति पानीमा पकाउनुहोस् र आधा बाँकी भएपछि उतारेर सितल भएपछि खान दिनुहोस् ।