बैशाख १२, २०८१ बुधबार

पूर्व मिस नेपालहरु अब एउटै क्लबमा, समाजसेवा गर्ने



समाजसेवाको काम गर्नका लागि गर्नका लागि पूर्व मिस नेपालहरु संगठीत भएका छन् । जनचेतना अभियान, विपन्नलाई आर्थिक सहयोग, छात्रबृत्तिको व्यवस्था लगायतका सामाजिक कार्यमा सक्रियता जनाउने उद्धेस्यले ‘फर्मर मिस नेपाल विनर क्लब’ मार्फत उनीहरु संठीत भएका हुन् ।

क्लवमा रुबी राणादेखि अनुष्का श्रेष्ठसम्म हालसम्मका २५ पूर्वमिस नेपालहरु आवद्ध छन् । गत साता सडकमा तरकारी बेच्दै आइरहेकी एक महिलालाई क्लबमार्फत नै ठेला सहयोग गरिएको, हालै मानसिक स्वास्थ्यको क्षेत्रमा सचेतना जगाउने काम सुरु गरिएको र विपन्नलाई आर्थिक सहयोग दिलाउन कोष जम्मा गर्ने कार्य पनि चलिरहेको उनीहरुले बताएका छन् ।

कोभिड – १९ ले बाबुआमा गुमाएका विपन्न विद्यार्थीलाई कलेज तहसम्म पढ्ने छात्रवृत्ति दिने कार्य पनि भएको छ । छात्रवृत्तिको प्रक्रियाका लागि चाँडै आवेदन आह्वान पनि गर्ने पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले बताइन् ।