बैशाख ९, २०८१ आईतबार

बझाङको साइपालमा छोरी जन्माउनेलाइ पुरस्कार



बझाङ – बझाङको साइपाल गाउपालिकामा छोरी जन्माउने आमालाई पुरस्कारसहित सम्मान गरीएको छ । निर्वाचित भैसकेपछि छोरा र छोरीमा हुने विभिेद अन्त्य गर्न २०७९/८० को बजेटबाट रकम छुट्रयाएर उक्त कार्य अगाढी बढाइएको पालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले प्रोत्साहन स्वरुप उक्त कार्य गरिएको बताइन । सुत्केरी खर्च स्वरूप प्रत्यक महिलालाइ खादासहित २ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको उनको भनाइ छ । जस अन्तर्गत शुक्रवार वडा नम्बर ३ मा छोरी जन्माएका १२ जना महिला, वडा नम्बर ४ का ४ जना महिला र वडा नम्बर ५ का १ जना महिलालाइ सम्मानसहित २ हजार नगद पुरस्कार बितरण गरीएको उनले बताइन ।

बढ्दै गएको लैंगिक विभेदको अन्त्य र छोरी जन्माउने आमालाई समान व्यवहार गर्नु पर्ने उदेश्यका साथ छोरी जन्माउने आमाहरुलाई सुत्केरी पोषण खर्च स्वरूप पालिकाले रकम प्रदान गर्न सुरु गरेको हो । छोरालाई मात्र सम्मान गर्ने तर छोरीलाई अपहेलना गर्ने प्रवृत्तिलाई नयाँ मोड दिन आर्थिक वर्ष २०७९÷८० को लागि नयाँ कार्यक्रम ल्याइएको उपाध्यक्ष तामाङले बताइन ।