भाद्र ३०, २०८२ मंगलबार

५ सयले बढ्याे सुनकाे मूल्य



काठमाडौं– साताकाे पहिलाे दिन आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ।

शुक्रबार तोलाको ९४ हजार ५०० मा कारोबार भएको सुन आज बढेर ९५ हजार पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि तोलामा ५०० रुपैयाँ बढेको छ।

शुक्रबार तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो भने आज बढेर ९४ हजार ५०० पुगेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर एक हजार १९५ पुगेको छ।