करिना कपुरकी दिदी करिष्मा कपुरले मुम्बईस्थित आफ्नो घर बेच्न लागेको खबर छ ।
करिष्माले यसबारे कुनै पुष्टि त गरेकी छैनन् तर भारतीय सञ्चार माध्यमले बेच्नका लागि उनले आफ्नो घर रजिस्टर गरेको जानकारी दिएका छन् ।
डीएनएको खबर अनुसार करिष्मा कपुरले आफ्नो घर बेच्नका लागि २४ डिसेम्बर २०२० मा रजिस्टर गरेकी थिइन् ।
करिष्माले आफ्नो घर बिक्रिका लागि राखेको ज्यापकि वेबसाइटमा यसको मूल्य १०.११ करोड बताइएको छ ।
१,६११ स्क्वायर फिटमा फैलिएको घरलाई करिष्माले १० करोडमा बेचिरहेकी छिन् । यसअघि करिष्मा कपुरले सन् २०१८ मा आफ्नो बान्द्रास्थित घर १.३९ करोडमा बेचेकी थिइन् ।
करिष्माले बेच्न ठिक्क पारेको घर सन् २०२० मा खरिद गरेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्