बैशाख १०, २०८१ सोमबार

पहिरोमा हराएकी रञ्जनाको शव भेटियो



गोरखा, १२ असोज । मनास्लु पदमार्गअन्तर्गत गोरखाको केरौँजा–उहियाखण्डमा झरेको पहिरोमा परी बेपत्ता भएकी ओखलढुङ्गाकी २५ वर्षीया रञ्जना बस्नेतको शव मङ्गलबार भेटिएको छ ।

बिहीमा रही क्यान नेपाल नामक संस्थामा काम गर्दै आएकी बस्नेत बिहीबाट आरुघाटतर्फ फर्कंदै गर्दा असोज ६ गते पहिरोमा परी बेपत्ता भएकी थिइन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बूढीगण्डकी नदीबाट शवलाई बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिनुभयो । शवलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रहरीको भनाइ छ । शव खोजीका लागि घटनास्थलमा नेपाल प्रहरीका सात, सशस्त्रका ११ र नेपाली सेनाका २६ जना खटिएका थिए ।

मनास्लु क्षेत्र घुम्न गएका स्पेनी नागरिक ६६ वर्षीय एडोल्फो मेनुअल रिपा, काठमाडौँ गोकर्णका ३५ वर्षीय दोर्जे लामा र ३० वर्षीय छिरीङ शेर्पाको पहिरोमा परी मृत्यु भएको थियो । अरूको शव असोज ७ गते फेला परे पनि रञ्जनाको मङ्गलबार मात्र फेला परेको हो । रासस