बैशाख ८, २०८१ शनिबार

चर्चित नायीका रेखाको उद्घोष : अव राष्ट्रपति बन्ने पालो गुल्मेली महिलाको



rekha_thapa१८ मंसिर, काठमाण्डौ – चर्चित अभिनेत्री रेखा थापाले आफू हिरोईन मात्र नभएर नारीका लागि सहयोगी अभियन्ता भएको बताएकी छन् । उनले नारीलाई सक्षम र आत्मनिर्भर बनाउनका लागि आफू सँधै लागिरहेको दावी गरीन् । ‘रेखा थापा तपाईँकै आफ्नै मान्छे हो, नट वन्ली हिरोईन, नारीलाई हिम्मतवाली, सक्षम, आत्मनिभर बनाउने अभियानमा छु’ गुल्मीको शान्तिपुरमा आयोजीत चक्रेश्वर मेलामा बोल्दै उनले भनिन् ‘कुनै पनि प्रकारको साथ सहयोग चाहियो भने रेखा थापा तपाईँहरुकै पक्षमा छ ।’
उनले महिलालाई हिम्मतवाली, सक्षम, आत्मनिभर बन्न आग्रह गर्दै त्यस कार्यमा सहयोग गर्ने पुरुषलाई धन्यवाद दिईन् । ‘म त पुरुषको पक्षमा पहिलादेखि नै छु, यो कार्यमा सहयोग गर्ने पुरुषलाई त एकदम स्यालुट गर्छु, मेरो बाबाकी प्यारी छोरी हुँ’ उनले भनिन् ‘तर नारीहरु सदियौँदेखि पछाडी पारीएकोले अहिले उनीहरुलाई आत्मनिर्भर बनाउने अभियानमा म छु ।’
थापाले अहिले नारीहरु राज्यको माथील्लो तहमा रहेको उदाहराण दिँदै गुल्मेली नारीहरुलाई पनि त्यसै गरी अगाडी बढ्न आग्रह गरीन । ‘अहिले नारी केही कुरामा पनि कमि छैनन भन्ने कुरा उदाहराण देखिरहनुभएको छ’ उनले भनिन् ‘तपाईँ गुल्मेली आमा दिदीहरु पनि त्यस्तै बन्नुस ।’
थापाले गुल्मीको शुन्दर नगरी शान्तिपुरलाई शुन्दर शान्तिनगरको उपमा दिईन् । ‘मलाई यहाँ आउन पाउँदा एकदमै खुसी लागेको छ । यो शान्तिपुर शान्तिनगर हो ।’ उनले भनिन् ।
नायीका थापाले आफूले बनाउने हरेक फिल्म फिल्म बनाउने विषयबस्तु महिला प्रधान हुने दावी गर्दै नारी अझै शसक्त सक्षम, आत्मनिभर हुनुपर्छ भन्ने कार्यका लागि आफूले त्यसै प्रकारका चलचित्र बनाउने गरेको बताईन ।