बैशाख १५, २०८१ शनिबार

फिल्म ‘दौपद्री’ की नायिका भीरबाट लडेर घाइते



काठमाडौँ– फिल्म ‘दौपद्री’ को छायांकनका क्रममा भीरबाट लडेर फिल्मकी नायिका घाइते भएकी छिन् ।

डोल्पामा फिल्मको छायांकन भइरहेका बेला भीरबाट खसेर नायिका सुजाता तिमिल्सिना शूटिङ सेटमा नै घाइते भएको निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।

उनका अनुसार सुजाताको स्वास्थ्य अवस्था सामान्य नै छ भने उनलाई मुड्केचुला गाउँपालिकाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

निर्माण टिमले उनको अवस्था खतरामुक्त भएको र उनको दाँत, मुख र हातखुट्टामा चोट लागेको बताएको छ ।