बैशाख १५, २०८१ शनिबार

गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले दियो ठक्कर



काठमाडौं । गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दिएको छ । नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै आइतबार साँझ ५ बजे बा प्र ०३.०१ ख २११८ को नम्बरको ट्रकले ठक्कर दिएको हो ।

रिमालले सामाजिक सञ्जाल फेसबुकमा आफू सवार गाडीलाई ट्रकले ठक्कर दिएको तर आफू सकुशल रहेको जनाएकी छन् । गाडीमा सामान्य क्षति पुगेको तर आफूहरुलाई केही नभएको उनले उल्लेख गरेकी छन् ।

उक्त गाडीमा रहेका दाङका पत्रकार शिवु खनालले सामाजिक सञ्जालमार्फत आफूहरु ठूलो दुर्घटनाबाट बचेको लेखेका छन् ।