बैशाख ११, २०८१ मंगलबार

गुल्मीका माझी बालबालिकाको शिक्षाका लागि राजधानीमा सांगितिक साँझ



गुल्मी जिल्लाका अतिविपन्न माझी समुदायका बालबालिकाको शिक्षामा सहयोग गर्ने उदेश्यले नवनारी मिडियाले काठमान्डौँमा सांगितिक साँझ सम्पन्न गरेको छ ।

नवनारी मिडिया एण्ड रिसर्च प्रालिले नवनारी संगीतिक साँझ तथा महिला पत्रकार सम्मान कार्यक्रम सम्पन्न गरेको हो । व्यवस्थापिका संसद, महिला, बालबालिका, जेष्ठनागरिक तथा समाजकल्याण परिषदकी सभापति रन्जु कुमारी झा प्रमुख अतिथि रहेको कार्यक्रममा सञ्चारमाध्यम मार्फत महिलाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका पत्रकार अमृता लम्साल, सुबेच्छा विन्दु, आरती चटौत, रुपा (शर्मा (नेहा) र पुष्पा अधिकारीलाई सम्मान गरिएको थियो ।

गुल्मीको बम्घा गाविसमा रहेका करीब १ सय भन्दा बढी बालबालिकाको शिक्षामा आर्थिक सहयोग गर्दे आइरहेको नवनारी मिडियाले माझी महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन बाख्र्रा पालन व्यवसायमा पनि सहयोग गरेको नवनारी मिडिया एण्ड रिसर्च प्रालिका अध्यक्ष जानुका ढकालले बताइन् । चर्चित गायक दिपक लिम्बु, गायिका जुनु रिजाल, राज सिग्देल, गायक तथा संगीतकार बिनोद पछाई, लोक दोहोरी गायिका राधिका हमाल, अभिनेत्री कविता शर्मा, कलाकार रन्जु पाण्डे लगायत थुप्रै लोकप्रिय कलाकारहरुले दर्शकलाई भरपूर मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा पेज थ्री बुटिकको समर कलेकसनमा मोडलहरु र्याम्पमा उत्रेका थिए ।

सौन्दर्यविद् कमला श्रेष्ठ, पूर्व मिस नेपाल उषा खड्गी, थुप्रै चर्चित कलाकारहरुको साथमा व्यावसायि, फेसन डिजाइनर, सौन्दर्यकर्मी, कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो भने चर्चित व्यूटीसियन रश्मिला श्रेष्ठ लगायत थुप्रै बिशिष्ठ व्यातित्वहरुको उपस्थिति रहेको थियो ।