बैशाख २५, २०८१ मंगलबार

अस्पतालमा छटपटाएकी गायीका जलजलालाई भीममाया स्मृति पुरस्कार



काठमाडौं – गायिका जलजला परियारलाई ‘भीममाया स्मृति पुरस्कार–२०७३’ प्रदान गरिएको छ । दुवै मिर्गाैला काम नलाग्ने भएपछि अस्पतालको शैय्यमा रहेकी गायिका परियारलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

२० हजार रुपैयाँ राशीको उक्त पुरस्कार र प्रमाणपत्र नेपाल सरकारका सहसचिव डा. मान विकेले प्रदान गरे । परियार शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छिन् ।

उनी ‘नेपाली तारा सिजन ३’को उत्कृष्ट ६ सम्म पुगेकी थिइन् । कलकत्ताको सागिंतिक महाविध्यालयमा शास्त्रिय गायन अध्ययन गरिरहेकी उनको ‘केही कदम तिमीसँग’ बोलको गीत निकै चर्चित छ ।

डा. विकेको आमा मायादेवीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो । ‘उदयीमान गायिका जलजलाको प्रगतिको कामनासहित उपचारमा पनि सहयोग होस् भनि पुरस्कार प्रदान गरेका हौँ’ डा. विकेले भने, ‘उहाँको गायन करिअरमा यस पुरस्कारले प्रोत्साहन मिल्ने अपेक्षा राखेका छौँ ।’

उनले परियारको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा अरुलाई पनि सहयोग गरिदिन आग्रह गरे । यसअघिको पुरस्कार मानव सेवा आश्रम, हेटौडालाई प्रदान गरिएको थियो ।