बैशाख १२, २०८१ बुधबार

सिएसडब्लुमा लैजान ‘ग्रामीण महिला र बालिकाको अवस्था’विषयक प्रतिवेदन तयार हुँदै



काठमाडौ-महिलाअधिकारका क्षेत्रमाकार्यरत संघसंस्थाहरुले महिला स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोग (कमिसन अन स्टाटस अफवुमन (सिएसडब्लू) को को ६२औं बैठकमा पेश गर्ने प्रतिवेदनबारे छलफल गरेका छन् ।

सिएसडब्ल्यूको यसवर्षको विषय ‘ग्रामीण महिला र बालिकाहरुको सशक्तिकरण’ तय भएको छ । यसै विषयमाबियोण्ड बेइजिङ कमिटी (बिबिसी), आदिवासीजनजातिमहिलामञ्च, फेडो र सबैका लागिन्याय, अक्सफाम, प्लान नेपाल र भिएसओलगायत संघसंस्थाले संयुक्तरुपमा नेपालका ग्रामीण महिला र बालिकाहरुको अवस्था र सरोकारका सवालहरु विश्लेषण गरेर प्रतिवेदनतयार गर्न लागेका हुन् ।

ती संस्थाहरुले बिहिबार राजधानीमाआयोजना गरेको राष्ट्रिय परामर्श गोष्ठीमा महिला, बालबालिकातथा समाज कल्याण मन्त्रालय, संघीय मामिलातथा स्थानीयविकास मन्त्रालय, राष्ट्रिय महिलाआयोगकातर्फबाट ग्रामीण महिला र बालिकाको विषयमाहालसम्मभएकाउपलब्धि र आगामी रणनीति प्रस्तुत गरेका थिए ।

त्यसका साथै विभिन्न जिल्लाबाट सहभागीभएकाअगुवामहिलाहरुले पनिआआफ्नो विचार व्यक्तगर्दै मुलुकमातीनतहको सरकार बन्ने र गठन भइसकेको स्थानीय सरकारमामहिलाजनप्रतिनिधिको सहभागिता ठूलो उपलब्धिभएको बताए । उनीहरुले जनप्रतिनिधिका रुपमाआएकामहिलाहरुलाई उनीहरुको भूमिका सशक्तबनाउनसरकारसँगको समन्वयमा गैरसरकारी संघसंस्थाहरुले उनीहरुलाई सशक्तबनाउनुपर्ने आवश्यकताऔंल्याए ।

कार्यक्रममामहिलामन्त्रालयले गठन गरेको ‘थिंक ट्यांक’ का संयोजकएवं राष्ट्रिय सभामामनोनितचाँदनीजोशीले जनप्रतिनिधि सबै महिलाहरुलाई ठूलो संख्यामानिर्वाचितभएर आउनु ऐतिहासिकभएको भन्दै उनीहरुलाई अब सफलबनाउन सबैले सहयोग गर्नुपर्ने सुझावदिनुभयो ।

बिबिसले विभिन्नजिल्लाहरु र त्यसपछि प्रदेश प्रदेशमा छलफल गरेर काठमाडौंमा छलफल भएको हो । यो छलफलमा विभिन्नक्षेत्रमाकार्यरत रहेकासमेत गरी प्रत्येक प्रदेशबाट ३ जनातथा काठमाडौं उपत्यकाबाट समेत सहभागीभएकाहरुले प्रतिवेदनलाई सुझावदिएका छन् ।
एक दिने परामर्श गोष्ठीमा भएको छलफललाई आधार मान्दै सिएसडब्लुमा लैजानेप्रतिवेदनलाई अन्तिम रुप दिइने बिबिसीकाअध्यक्षशान्तालक्ष्मीश्रेष्ठले बताउनुभयो ।

सिएसडब्लुको बैठक फागुन २८ र २९ (मार्च १२ र १३) मा राष्ट्र संघको मुख्यालयन्यूयोर्कमाहुने तय भएको छ । यस बैठकमा नेपालबाट सरकारी तथा गैरसरकारी क्षेत्रबाट नेपालकामहिला र बालिकाको अवस्था सम्बन्धीप्रतिवेदनहरु प्रस्तुतहुने गरेको छ ।