बैशाख ११, २०८१ मंगलबार

पाल्पामा सबै महिलाको साझा संस्था, ‘सारथी नेपाल’



पाल्पामा महिला, बालबालिका, युवा जेष्ठ नागरिक, शारिरीक रुपमा अशक्त, दलित, सिमान्तकृत, सामाजिक रुपमा पछाडि पारिएका वर्गको हकहितको लागि सारथी नेपाल नामक संस्था गठन भएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको भेलाले राजनीतिक आस्था र राजनीतिक प्रभाव बिना लक्षित वर्गको हितमा काम गर्ने योजनाका साथसारथी नेपालको गठन गरेको हो । नारायणी खनालको अध्यक्षतामा नवगठीत तदर्थ समितिमा ११ जना सदस्य रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै संविधान सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले सारथी नेपाल नाम जस्तै समाजको विकृति विसंगति चिर्नको लागि जनचेताको सारथीब नेर उदाउनुपर्ने बताउनुभयो ।

उहाँले हजारौँ सघंसस्थाको बीचमा अर्को एउटा संस्थाको नाम थपिनको लागि मात्र होइन संस्थालाई समाजको वास्तविक सारथी बनाउनको लागि दरिलो हातेमाले गर्न महिला दिदीबहिनीहरुलाई आग्रह समेत गर्नुभयो ।

यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री रमा घर्तीले विभिन्न संघ सस्थामा क्रियाशिल पृथक आस्था भएका महिलाहरुले एउटै उद्देश्य लिएर एकबद्ध हुनु निक्कै सह्रायिन काम भएको बताउनुभयो । समाजको विकृति विसंगतिहरुलाई चिर्दै महिला बालबालिका युवा तथा जेष्ठ नागरिकको वकालतमा लाग्ने सारथी नेपालको अभियानमा आफुले सधै सँगै हातेमालो गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रदेश योजना आयोग लुम्बिनी प्रदेश सदस्य विष्णुमाया थापाले पछिल्लो समयमा शिक्षा र प्रविधिको विकास सँगै महिलामाथि हुने हिँसा र दुव्र्यवहारले पनि नयाँरुपमा बढेको बताउनुभयो । यसको न्यूनीकरणमा सारथी नेपाल प्रतिवद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्दै उहाँले त्यसकोे लागि संसक्त आन्दोलन र विकसित जनचेतानाको खाँचो रहेको उहाँको भनाई छ ।

तानसेन स्थित होटल सिम्रिकको सभाहलमा सम्पन्न भेलाले राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरे, लुम्बिनी प्रदेशका महिलाबालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा सिंजाली सहितको संरक्षक समिति र पुर्व संविधान सभा सदस्य लिला सोमै, प्रदेश योजना आयोग सदस्य विष्णुमाया थापा, तानसेन नगरपालिकाका कार्यपालिका सदस्यद्वय मञ्जु वि.क र लक्ष्मी विश्वकर्मा, त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक भेषराज सुवेदी सहितको पाँच सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ ।