बैशाख १२, २०८१ बुधबार

३४ महिनामा १२५ बलात्कार, २ को हत्या



कञ्चनपुर – कञ्चनपुरमा ३४ महिनामा एक सय २५ वटा बलात्कारका घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार तीन बर्ष आठ महिनामा एक सय पच्चीस घटना घटेका हुन् । यस अवधिमा २ जनाको बलात्कारपछि हत्या समेत भएको छ ।

२६ असार घरबाट कलम किन्न हिडेकी कृष्णपुर नगरपालिका–८ रैकवारविचुवाकी १७ बर्षिया किशोरी कविता बिष्ट र १० साउनमा भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ ।

कञ्चनपुरमा बालिका, किशोरी र महिलामाथि हुने बलात्कार तथा हत्याका घट्ना बढ्दै गएको प्रहरीका भनाई छ ।

तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७२/०७३ मा जबरजस्तीकरणीका २१, उद्योगका ६ र २०७३/०७४ मा जबरजस्तीकरणीका १९र उद्योगका १६ मुद्धा दर्ता भएका छन् ।

गततवर्ष जबरजस्तीकरणीका १९ र उद्योगका १५ मुद्धा दर्ता भएको र एकजनाको बलात्कार पछि हत्या भएको छ । चालु आर्थिक २०७५/०७६ को फागुन मसान्त सम्ममा जबरजस्तीकरणी १८ र उद्योगका ११ मुद्धा दर्ता भएका छन् भने बलात्कार पछि एक बालिकाको हत्या गरिएको छ ।

सचेनताको अभाव, दण्डहिनता बढ्नु, साँस्कृतिक बन्धनबाट बाहिरिनु, कानुनको कार्यान्वन नहुनु, बलात्कारका घटनामा राजनीतिकरण हुनु लगायतका कारणले बलात्कार घटना बढेको अधिकारकर्मीहरु बताउछँन् ।