बैशाख १४, २०८१ शुक्रबार

उपचार खर्च अभावमा जीवनप्रति माया मार्दै ७ वर्षिया छोरीकी आमा



तस्वीर स्रोत : सैलुङअनलाइन

मिर्गौला प्रत्यारोपण गर्न पैसा नभएपछि जीवनप्रति माया मार्दै ७ वर्षिया छोरीकी आमा

पाँचथर – दुवै मिर्गौला फेल भएपछि उपचार गर्ने रकम अभाव हुँद पाँचथरको हिलिहाङ गाउँपालिका–७ माझीटारकी २२ वर्षीया सरिता माझीको परिवार पीडामा परेको छ ।

उनलाई बचाउन मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएको भएपनि कमजोर आर्थिक अवस्थाका कारण प्रत्यारोपण गरेर बचाउन सक्ने अवस्था नभएको उनका श्रीमान् मङ्गलबहादुर माझीले बताए ।

सरिताका श्रीमान मङ्गलबहादुरले भने “ऋण गरेरै श्रीमतीलाई विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराटनगर र शिक्षण अस्पताल काठमाडौँसम्म पु¥याएँ, चिकित्सकले मिर्गौला फेर्नुपर्छ भनेका छन्, त्यतिका धेरै पैसा कहाँबाट ल्याउनु ?”

सरिता सात वर्षीया छोरीकी आमा हुन् ।

एउटा मिर्गौला प्रत्यारोपण गर्न झण्डै रु १२ लाख रकम आवश्यक पर्ने माझी परिवारको भनाइ छ ।
सरिताको उपचारमा हालसम्ममा रु दुई लाख रुपैयाँ खर्च भइसकेको छ ।

उपचारमा आर्थिक अभाव भएपछि माझी परिवारले सहयोगका लागि आग्रह गरेको छ । मङ्गलबहादुरले श्रीमतीलाई बचाइदिन अनुरोध समेत गरेका छन् ।