बैशाख १५, २०८१ शनिबार

अनौठो महिला, जसलाई कहिल्यै दुख्दैन



कुनै पनि मानिसको शल्यक्रिया गर्दा डाक्टरले पहिला दुखाइ कम गर्न पेन किलर दिन्छन् । तर ६५ वर्षकी एकजना महिलालाई जटिल शल्याक्रिया गर्ने क्रममा पनि कुनै पनि पेन किलर औषधि दिनुनपरेपछि डाक्टरहरु चकित भए ।

दाँया हातको शल्यक्रिया गर्ने क्रममा कुनै पीडा महशुस नभएपछि उनका ऐस्थिटिस्ट डाक्टर देवजित श्रीवास्तवले परीक्षणका लागि युनिभर्सिटी अफ कलेज लन्डन (युसिएल) र अक्सफोर्ड युनिभर्सिटीका दुखाई जेनेटिसिस्टहरुकहाँ पठाएका थिए ।

गम्भीर स्वास्थ परिक्षण पछि तिनीहरुले उनको अनुवंशमा अनौठो परिवर्तन हुने गरेकाले उनलाई कुनै पीडा नहुने गरेको तथ्य पत्ता लगायो ।

ति महिला हुन् इन्भर्नेस नजिकको व्हाइटब्रिज निवासी जो क्यामेरोन । शल्यक्रियापछि आफुलाई पेन किलर नचाहिने बताउँदा डाक्टरहरुले नपत्याएको विविसि स्कटल्यान्ड न्युज वेवसाइटलाई जानकारी गराएकी छिन् ।

आफ्नो शरिरको टाला जल्दा डढेको गन्ध सुँघेपछि मात्र जलेको कुरा थाहा पाउँछिन् । प्रायशः उनका हात पाखुरा ओपनमा जलिरहन्छन् तर उनले कहिल्यै पोलेको महसुशै गर्दिनन् ।

यसरी दुर्लभ ढंगले आनुवंशिक परिवर्तनको समस्याबाट ग्रस्त उनी विश्वमा हालसम्म थाहापाइएका दुईजना मात्र महिला मध्ये एक हुन् ।

पोलाईको पीडाको महशुस नै नहुने हुनाले उनलाई कहिल्यै पोल्ने डर र चिन्ता छैन ।