बैशाख १४, २०८१ शुक्रबार

सरकारले छात्राहरूलाई निः शुल्क सेनिटरी प्याड उपलब्ध गराउने



सरकारले देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क
‘सेनिटरी प्याड’ उपलब्ध गराउने घोषणा गरको छ।

संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै विद्यालयमा नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराउने घाेषणा गरेकी हुन् ।

महिनावारी भएका बेला छात्राहरुलाई विद्यालय जान प्रोत्साहित गर्न यो व्यवस्था गर्न लागिएको हो ।

सेनेटरी प्याड नहुँदा सहरदेखि गाउँसम्मका विद्यालय पढ्ने छात्राहरू महिनावारी हुँदा विद्यालय अनियमित हुने गरेका छन्।

जनस्तरबाट सरकारले महिलाहरुको लगि निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउन माग हुँदै आएको थियो ।