‘एउटी महिला उद्यमी भए सिंगो समाज व्यवसायी बन्छ’ :मन्त्री थापा

नारी खबर / अशोज ८, २०७६ - बुधबार


काठमाडौं-महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले समाजलाई व्यवसायी बनाउन महिलाहरुलाई उद्यमशिल बन्न आग्रह गरेकी छन् । एक जना महिला उद्यमी भएमा सिंगो समाजलाई नै व्यवसायी बनाउन भुमिका खेल्ने भएकोले महिलालाई उद्यमशिल बन्न आग्रह गरेकी हुन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रदेश नम्बर ३ का १३ जिल्लाका लागि आयोजना गरेको महिला उद्यमशिलता विकास तथा वित्तिय पहुँच सम्बन्धी तालिमको उद्घाटन गर्दे मन्त्री थापाले यस्तो आग्रह गरेकी हुन् ।

उनले मेहनतका साथ लाग्यो भने सफल हुन सकिन्छ भन्ने उदाहरण हजुरी खाद्य उद्योगकी हजुरी बिष्टले दिएको समेत बताइन् ।

२५ बर्ष अगाडी अचार बनाउने तालिम लिएपछि अचार उद्योग स्थापना गरेर सफल उद्यमीका रुपमा पहिचान बनाएकी हजुरी बिष्टबाट उद्यमशिलता विकासका बारेमा सिक्न मन्त्री थापाले आग्रह गरिन् ।
“एकैपटक ठुलो व्यवसाय गर्नुपर्छ भन्ने मान्यतालाई त्यागेर सानो व्यवसाय शुरु गरेपनि व्यवसायिक सफलता हासिल गर्न सकिन्छ”, उनले भनिन् ।

उनले महिला उद्यमशिलतालाई प्रर्वद्धन गर्ने,विकास गर्नका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले महिलाहरुलाई उद्यमशिल बनाउने,पूर्ण रुपमा व्यवसायिक बनाउने खालका तालिमहरु सञ्चालन गरिरहेको बताइन् ।

व्यक्ती -व्यक्ती मिलेर कसरी सफल हुन सकिन्छ भनेर लाग्नुपर्ने मन्त्री थापाको भनाई छ । मन्त्री थापाले सामुहिक लगानी गरेर व्यवसाय गर्दा पनि सफल हुन सकिने सुझाब दिदैँ सरकारले उद्यमीलाई सफल बनाउनका लागि विभिन्न खालका कर्जा प्रदान गरिरहेकाले त्यसको उपयोग गर्न आग्रह गरिन् । ।


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!