जेष्ठ ७, २०८१ सोमबार

उमेर जम्मा १३ वर्ष, सार्इकलमा फेवा देखि रारा सम्म



salu-ghimire१३ असाेज,

पाेखरा –  नाम सालु घिमिरे, उमेर १३ वर्ष । रुची साइक्लिङ गर्नु । अाफ्नाे परिचय  दिनुपरे यही भन्छिन उनी । धेरैलार्इ लाग्न सक्छ किशाेरअवस्थामा रूचि त के के न हुन्छन्, उमेर चढ्दै जाँदा फेरी बदलिन्छन् ।

तर सालुकाे हकमा त्यस्ताे भएन ।  रूचि नै भएपछि उमेरले छेक्दैन भन्ने चरीतार्थ त्यही १३ वर्षे उमेरमा पूरा गरीन् । गएको जेठ महिनामा पोखरा फेवातालबाट मुगु राराताललाई लक्ष्य बनाई ३० जनाको साइकल समूह यात्रामा निस्कियो। त्यही यात्रामा सामेल थिइन् एक महत्वपूर्ण र रोचक पात्र उनै सालु । पोखरा नयाँबजारकी १३ वर्षीया सालु सेन्टमेरिज स्कुलमा कक्षा ९ मा पढ्छिन्। विगत पाँच वर्षदेखि उनी साइकल सिटी पोखरासँग जोडिएर पोखरा आसपास लामो तथा छोटो दुरीमा साइकल गुडाउँदै आएकी छिन्।

तर, यसपटकको उनको यात्रा भने धेरै लामो, जोखिम र संघर्षपूर्ण थियो। उनले यी सबै चुनौतीलाई सामना गर्दै फेवा–रारा साइकल यात्राको गन्तव्य सात दिनमा पूरा गरिन्।

यस यात्राले आँफूमा साहसिकपना बढाएको उनी बताउँछिन्। भन्छिन्, ‘आँट र साहस भए जस्तोसुकै चुनौती पनि पछि पर्दो रहेछ। म साइकल मार्फत रारा आउँछु भनेर सोचेको पनि थिइनँ। तर, यो सम्भव भएकोमा म आफैँ दंग छु।’

उनी स–गौरव सुनाउँछिन्, ‘संसार जितेको अनुभूति भएको छ। भविष्यको मेरो लक्ष्य विश्व साइकल यात्रा हो। यो सरुवाती अभ्यास हो भनेर बुझ्नुहोस्।’