जेष्ठ ८, २०८१ मंगलबार

नेपाली महिला वेचविखनबारे दिल्लीमा अन्तरक्रिया



delhi१३ असाेज

नयाँदिल्ली – नेपाली महिला वेचविखनको समस्याको कारण र निदानवारे अखिल भारत नेपाली एकता मञ्चलेनयाँ दिल्लीमा अन्तर्क्रिया गरेको छ । कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरुले नेपाल र भारतवीच खुला र अनियन्त्रित सिमाका कारणले समेत महिजा वेचविखनको कामलाई सहव वनाईदिएको धारणा व्यक्त गरेका थिए । वक्ताहरुले नेपालका चेलिबेटीहरु दलालहरुबाट मुख्य रुपमा भारतको वाटो हुदै वर्षेनी हजारौको संख्यातमा भारतसहित विश्वभरिको यौन बजारमा लग्ने गरेको वताएका थिए ।

कार्यक्रममा भारतका लागि कार्यवाहक नेपाली राजदूत कृष्णप्रसाद ढकाल, पुष्पलाल अध्ययन प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराई लगायतकाले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

एकता समाजका सल्लाहकार लक्ष्मण पन्तले विदेशमा आकर्षक रोजगारी शिक्षा, आदि दिलाउने,  सम्पन्न पुरुषहरुसित विहे गराइ दिने आदि बहानामा  सुनौलो भविष्य देखाएर मानव तस्करहरुले शहरबजार र विशेषगरी गाउँघरतिरका  गरीब र विपन्न तप्काका महिलाहरुलाई आफ्नो फन्दामा पार्ने गरेको बताए । कार्यक्रमका अन्य सहभागीहरुले वेचविखनको लागि दुवै देशले नजिकबाट सहकार्य गर्नुपर्ने बताएका थिए ।