जेष्ठ ८, २०८१ मंगलबार

मोबाइल चलाउन नदिएको भन्दै नवविवाहित बुहारीले गरिन् सासूको हत्या



२ कार्तिक, एजेन्सी – स्मार्टफोन मानिसहरुको नशा–नशामा बसिसकेको छ । आजकाल मोबाइल नभएका मानिस भेटिन निकै गाह्रो छ, स्कूले बालकहरु पनि स्मार्टफोन हातमा बोकेर स्मार्ट भएको सोच्छन् । कुनै बेला घरमा ल्याण्डलाइन फोन छ भने त्यो घर सम्पन्न मानिन्थ्यो, स्मार्टफोनसँगै ल्याण्डलाइनको महत्व पनि घटेको छ ।

यी स्मार्टफोनको मद्दतले मानिसहरु आफूलाई मनपरेको कुनै पनि कुरा एकै क्लिकमा हेर्न सक्छन्, कोही पनि मानिस सँग बोल्न सक्छन् । त्यसकारण मानिसहरु २४ सै घण्टा आफ्नो हातमा भएको ह्यान्डसेटमा ब्यस्त हुन्छन् । तर यस्तो लतले कसैको ज्यान नै लिन्छ भने के होला ? तपाईंले सोच्नुभएको होला कि हामीले यो विषयमाथि बढाई चढाई कुरा गरिरहेका छौं तर यसो होइन । यस्तो घटना वास्तवमा नै घटित भएको छ र यसबारे अरु जानकारी पाउँदा तपाईं अचम्ममा पर्नुहुन्छ ।

एक नवविवाहित सुरेखा (२०) ले आफ्नी सासू फूलवतीलाई मोबाइल चलाउन नदिएका कारण हत्या गरेकी छिन् ।

भारतको भिवानी जिल्लाको प्रेमनगर कोलोनीमा बस्ने सुरेखाले सासूको मृत्युको कथा बुनिन् तर पुलिसको लगातारको सोधपुछ पछि उनले आफ्नो अपराध स्विकार गरिन् ।

फूलवतीलाई रगतको पोखरीमा र सुरेखालाई अचेत देखेपछि फूलवतीका श्रीमान्ले पुलिसलाई खबर गरेका थिए । उनले ती दुबैलाई नजिकैको अस्पताल पुर्याए तर डाक्टरहरुले फूलवतीलाई मृत घोषणा गरिदिए ।

घटनाबारे सोधपुछ गर्दा सुरेखाले दुई मास्क लगाएका मानिसहरुले उनको घरभित्र छिरेर दुबैमाथि हमला गरेको बताएकी थिइन् । यद्यपी, पुलिसले सुरेखाले बुनेको कथामाथि विश्वास गर्न सकेनन् र उनलाई सोधपुछका लागि पुनः बोलाए ।

नुसन्धानकै क्रममा सुरेखाले आफ्नो सासुको फलामको डन्डी प्रयोग गरेर हत्या गरेको स्विकार गरिन् । आफूलाई मोबाइल चलाउन नदिएकै कारण उनले सासूको हत्या गरेको बताइन् ।

सुरेखालाई अहिले पुलिसले पक्राउ गरेको छ । सुरेखाले सासूको कचकच सुन्न नसकेपछि यस्तो गरेको पुलिसलाई बताइन् ।