जेष्ठ ९, २०८१ बुधबार

निर्वस्त्र बस्नुपर्ने तर श्रीमानसंग भेट हुन नहुने



nirbastraयस्तै अचम्मको एक परम्परा भारतको हिमांचल प्रदेशको मणिकर्ण घाटीको पीणी नामक एक गाउँमा छ । एक हिन्दी वेबसाइटका अनुसार यो गाउँमा पाँच दिनसम्म श्रीमती निर्वस्त्र बस्ने गर्दछिन् ।

यो पाँच दिनमा श्रीमान श्रीमती एक अर्कासँग कुरा र ठट्टासमेत गर्न पाउँदैनन् । ५ दिनको समयमा गाउँका कुनै पनि पुरुष रक्सी पिउन सक्दैनन् । वर्षौंदेखि चलिआएको यो परम्परालाई मानिसहरुले आज पनि इमान्दारीतापूर्वक पालना गर्दछन् । साउन महिनाको यी पाँच दिनमा श्रीमान्–श्रीमती एक अर्काबाट टाढा रहनुपर्ने हुन्छ । यदि कसैले यो संस्कारलाई उल्लंघन गरेमा केही अनिष्ट हुनेसमेत बताइन्छ ।

यी पाँच दिनमा महिला लुगाको सट्टा ऊनले बनाइएको एक कपडा ओढ्ने गर्दछन् ।