जेष्ठ ८, २०८१ मंगलबार

महिलाको कपाल बेचेरै वर्षको २ अर्ब कमाउँने मन्दिर



५ कार्तिक, एजेन्सी-cut  दक्षिण भारतको एक मन्दिरले महिलाको कपाल बेचेर वर्षेनी २ अर्ब कमाउने गरेको छ । उक्त मन्दिरको नाम तिरुमाला रहेको छ । मन्दिरमा वर्षेनी हजारौँ महिलाले आफ्नो कपाल काटेर भगवानलाई श्रद्धापूर्वक चढाउँने र सोही कपाललाई बेचेर उक्त मन्दिरले करोडौँ रुपैयाँ आम्दानी गर्ने गरेको छ ।

मन्दिरले महिलाको कपाल विदेशमा निर्यात गर्ने गरेको छ । मन्दिरले कपाल निर्यातबाट प्राप्त रकमले अस्पताल तथा विद्यालय निर्माण गर्ने गरेको छ । त्यस्तै सोही स्थानको यादगिरगट्टा मन्दिरले पनि यस्तै कार्य गर्ने गरेको छ । उक्त मन्दिरले पनि महिलाको कपालको व्यापार गरेर लाखौँ रुपैयाँ कमाउने गरेको छ । ति महिलाहरुको कपाल बेलायतका विभिन्न पार्लरहरुमा उच्च माग रहेको छ ।

महिलाहरुले आफ्नो प्राकृतिक कपाललाई भगवान विष्णुको नाममा चढाउने गरेका छन् । त्यसरी मन्दिरमा कपाल चढाउने महिलाहरुले आफ्नो कपालमा मेहेन्दी तथा अन्य केमिकल लगाएका हुँदैनन् र त्यस्तो अर्गा्निक कपाललाई ब्लीच गर्न सजिलो हुन्छ । साथै दक्षिण भारतमा महिलाहरुले कपालमा स्याम्पु समेत कम लगाउने हुनाले कपाल दह्रिलो, टुट्ने जोखिम पनि कम हुने र कालो रंगको हुनाले त्यस्तो कपालको बजारमा माग उच्च हुन्छ ।
कपालको यो व्यापारबाट धेरै मालामाल भएका छन् र कपाल माफियाहरु निकै सक्रिय हुन्छन् । उनीहरुले गरीब महिलाहरुलाई फकाइफुलाई गरेर समेत मन्दिरमा कपाल चढाउन लगाउँछन् । कतिपय महिलाहरुलाई पैसाको लोभ देखाएर, लोग्नेबाट दबाब दिन लगाएर, भगवानको डर देखाएर समेत कपाल दान गर्न बाध्य पारिन्छ ।