बैशाख २२, २०८१ शनिबार

रोल्पामा निःशुल्क गर्भपतन सेवा सुरु



safe-abortion२६ मङ्सिर, रोल्पा – दुई स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ ।

हाल जिल्ला अस्पताल लिवाङ र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा सो सेवा सुरु गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख डा भवानी शर्माले जानकारी दिनुभयो । बाह्र हप्तासम्मको अनिच्छित गर्भलाई मान्यताप्राप्त स्वास्थ्य संस्थामार्फत गर्भपतन गर्न पाउने कानुनी प्रावधान छ ।

सेवाका लागि सरकारले प्रतिव्यक्ति रु ८०० अनुदान दिएको छ । “उक्त रकम अपुग हुने देखिएका कारण थप रकमका लागि स्वास्थ्य सेवा विभागमा माग गरेका छौँ” डा शर्माले भने ।

गत शुक्रबारदेखि सुरु गरिएको सो सेवालाई जिल्लाका अन्य क्षेत्रमा समेत विस्तार गरिने बताइएको छ । सुलिचौरमा समेत सेवा विस्तारका लागि स्वास्थ्यकर्मीलाई तालिम लिन पठाइएको जनाइएको छ ।