जेष्ठ ६, २०८१ आईतबार

यौनसम्पर्कको पैसामा झगडा यूवतिले गरीन हत्या



hatya३० मंसिर, काठमाडौं । जोरपाटीस्थित नयाँबस्तीका ट्याक्सी चालक राजकुमार लामाको हत्या यौनसम्पर्कपछि यूवतीलाई तिर्ने पैसाका झगडाका कारण भएको खुलासा भएको छ ।

घटनाको छानविन गर्न बनेकोे प्रहरीको समितीले घटनाको प्रमुख कारण महिलासँगको यौनसम्बन्ध भएको पत्ता लगाएको हो । प्रहरीले प्रतिवेदनअनुसार काठमाडौंको जोरपाटीस्थित हेलम्बु रेष्टेरेन्टमा गएर गत मंसिर २५ गते राति साढे १० बजे ट्याक्सी चालक तामाङले तुम्बा खाएका थिए । त्यस बीचमा क्याविन रेष्टुरेन्टमा काम गर्ने एक युवतीसँग यौन सम्पर्क भयो ।
एक छिनपछि राजकुमारले ती युवतीलाई दोहोरी जान आग्रह गरे र युवती राजी भइन् । उनीहरू दुबै रेष्टुरेन्टबाट निस्किए । ‘राजकुमारले मापसे पनि गरेका थिए । नयाँ बस्ती पुगेपछि राजकुमारले चलाएको ट्याक्सी खाडलमा फस्यो । ट्याक्सी फसेपछि दोहोरी जान लागेको उनिहरु अर्के ट्याक्सी लिएर फेरि हेलम्बु रेष्टुरेन्टमै आए । साढे ११ बजे उनीहरू आउँदा रेष्टुरेन्ट बन्द भइसकेको थियो । रेष्टुरेन्टको अण्डरग्राउण्डमा गएर दुवै जना सुते । त्यही सुतेको अवस्थामा दुवैजनाबीच शारीरिक सम्बन्ध भयो । राजकुमारले फेरि ती युवतीसँग शारीरिक सम्बन्ध राख्ने प्रयास गरे । तर ती युवतीले रकम माग गरिन् ।

राजकुमारले रेष्टुरेन्ट सञ्चालिकालाई पैसा पहिल्यै दिइसकेको भन्दै उनले फेरी पैसा दिन मानेनन । पैसा दिन नमानेपछि ति यूवती त्यहाबाट उठेर हिडिन । उनीहरूबीच भनाभनकै बीचमा यूवतीले राजकुमारलाई धकेलेर भुइँमा ढलाईदिईन । उनिहरुको हल्लाले रेष्टुरेन्ट सञ्चालिका र उनको भाई उठ्छन ।

राजकुमारले ती युवतीसँग फेरि सेक्सका लागि प्रस्ताव गर्दा गर्दै दुवैजनाबीच विवाद झन बढ्दै गएपछि राजकुमारमाथि इट्टा प्रहार हुन्छ । त्यसपछि रेष्टुरेन्ट सञ्चालिकाले प्रहरीलाई राजकुमार बेहोस भएर ढलेको जानकारी दिन्छिन् । प्रहरीले ट्याक्सीमा हालेर राजकुमारलाई अस्पताल पठाउँछ । अस्पताल लैजाने क्रममा राजकुमारको बाटैमा मृत्यु हुन्छ ।

घटनामा संलग्न पाँच जना पक्राउः
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा रेष्टुरेष्ट सञ्चालिकासहित ५ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी रेष्टुरेन्ट सञ्चालिका संगिता राई, मागघन राई, अरूण माझी, दिया माझी र रेष्टुरेन्टमा काम गर्ने माया तामाङलाई नियन्त्रणमा लिएको छ ।

महाशाखाका एसएसपी सर्वेन्द्र खनालले सेक्सका लागि पैसाको बार्गेनिङको विषयमा विवाद भएको र राजकुमारलाई मागघन राईले इट्टा प्रहार गरेको बताए । घटनामा प्रहरीको संलग्नता नभएको उनले बताए ।