जेष्ठ ६, २०८१ आईतबार

चौरासी महिला पीडित



१ पुस, विराटनगर- मोरङ जिल्लामा साढे एघार महिनाको अवधिमा चौरासी जना महिला पीडित भएका छन् । इन्सेकले एक कार्यक्रमकाबीच आज सार्वजनिक गरेको तथ्याङ्कमा ९९ सय ओटा घटना भएकामा पीडित हुनेमा महिला संख्या अधिक रहेको जनाइएको हो । जसमा घरेलु हिंसाबाट ५० ,बलात्कारबाट सात,यौनजन्य दुव्र्यवहारबाट तीन जना पीडित भएका छन् । बलात्ककारबाट १६ जना बालिबा पीडित भएका छन् ।

१२ ओटा हत्याका घटना भएकामा १० जना पुरुष र तीन जना महिला पीडित भएका छन् ।   पत्रकार र अधिकारकर्मीमाझ इन्सेक विराटनगरले वार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईले तथ्याङ्क प्रस्तुत गरेकी थिइन् ।