जेष्ठ २, २०८१ बुधबार

भारतमा नेपाली महिला बेचबिखन विरुद्व आवाज उठाउने ममताको अमेरिकामा मृत्यु



mamata-kandel२ पुस, काठमाडौं, – अमेरिका अमेरिकी पश्चिमी राज्य वासिङटनमा सवारी दुर्घटना हुँदा एक नेपाली विद्यार्थी २१ वर्षीया ममता कँडेलको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम मस्को पुलम्यान, डेलीन्यूजले उल्लेख गरेको छ ।

बिहीबार बिहान ३ बजे ‘युनिभर्सिटी अफ आईडोहो’ मा समाजशास्त्र विषयमा अध्ययनरत एक नेपाली कँडेल सवार टोयोटा कोरोला, स्टेप्टो स्थाननजिकैको एकसय ९५ नामक राजमार्गमा दुर्घटनाग्रस्त भएको भन्दै वासिङटन स्टेट पेट्रोललाई उद्धृत गर्दै डेलीन्यूजले जानकारी दिएको छ ।

सिटी बेल्ट बाँधेकी कँडेल सवार कार, एक मालबाहक मिनी ट्रकसँग ठोक्किएको थियो । सन्तुलन गुमाएको मिनी ट्रकले एक अर्को कारलाई समेत ठक्कर दिएको थियो ।

गाडी चालक २४ वर्षीय विकास सिग्देलसहित अन्य दुईजना भने घाइते भएको जनाइएको छ । घटनाबारे प्रहरी छानबिन भइरहेको समाचारमा उल्लेख छ ।

युनिभर्सिटी अफ आईडोहोको समाजशास्त्र विभागले आफ्नो अफिसियल फेसबुक पेजमा मृतक कँडेलको आत्माको चीर शान्तिको कामना गर्दै एक नेतृत्वदायी क्षमता भएको विद्यार्थी विश्वविद्यालयले गुमाएको उल्लेख गरेको छ ।

फेसबुक पेजमा उल्लेख भएअनुसार कँडेल प्रतिभाशाली विद्यार्थी भएको र भारतमा हुने नेपाली महिला बेचबिखन एवम् यौनजन्य क्रियाकलापविरुद्व आवाज उठाउने विद्यार्थीको रुपमा परिचित थिइन् ।