बैशाख १२, २०८१ बुधबार

एमाले नेतृ पाललाई पति शोक



Niru Pal

काठमाडौ – नेकपा (एमाले) का बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक परेको छ ।
भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको सोमबार बिहान ४५ वर्षको उमेरमा निधन भएको हो ।

आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो ।

उनलाई थप उपचारका लागि काठमाडौ ल्याउने तयारी हुँदाहुँदै सोही अस्पतालमानै निधन भएको पालका छोरा लोकेश पालले बताए । एमाले नेता पालको श्रीमती र दुई छोरा छन् ।