बैशाख २१, २०८१ शुक्रबार

कानपुर क्याम्पसमा छात्राको मात्र स्ववियू



Kanpur campus

बनेपा – काभ्रेपलाञ्चोकको कानपुर क्याम्पसमा सबै रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन भएको छ । जिल्लाको दुर्गम क्षेत्र मानिने तिमालको कानपुर क्याम्पसमा शनिबार सर्वसहमतिमा स्ववियु घोषणा गरीएको हो ।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, , अखिल क्रान्तिकारीबीच भएको सहमतिअनुसार सो क्याम्पसमा अनेरास्ववियुकी सुनिता लामा अध्यक्ष, अखिल क्रान्तिकारीकी मुना पौडेल उपाध्यक्ष र क्रान्तिकारीकै बबिता मैनाली सचि, अनेरास्ववियुकी सन्तोषी भण्डारी सहसचिव र नेविसङ्घकी अनिता तामाङ कोषाध्यक्ष निर्वाचित भएको घोषणा गरिएको अनेरास्ववियुले जनाएको छ ।

त्यस्तै सदस्यमा समीक्षा मैनाली र निर्मला श्रेष्ठ निर्वाचित भएका छन् । जिल्लाका अझै १५ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । यही फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि शनिबार काभ्रेपलाञ्चोकका अधिकांश त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । दुईवटा क्याम्पसमा विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद हुँदा उम्मेदवारी दर्ता स्थगित भएको छ भने एउटा क्याम्पसमा आज उम्मेदवारी दर्ता हुनेछ ।